समाचार

न्यायपरिषदले पठायो प्रधानन्यायाधीशका दाबेदारको नाम, दीपक जोशी कैफियतमा

  न्यायपरिषद सचिवालयले भावी प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीशको व्यक्तिगत विवरणसहितको रेकर्ड संवैधानिक परिषदमा पठाएको छ ।   सचिवालयले सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएर ३ वर्ष काम गरेका दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको विवरण संवैधानिक परिषदमा पठाएको हो ।