न्यायपरिषदले पठायो प्रधानन्यायाधीशका दाबेदारको नाम, दीपक जोशी कैफियतमा



हाम्रो इकोनोमि

 

न्यायपरिषद सचिवालयले भावी प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीशको व्यक्तिगत विवरणसहितको रेकर्ड संवैधानिक परिषदमा पठाएको छ ।

 

सचिवालयले सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएर ३ वर्ष काम गरेका दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको विवरण संवैधानिक परिषदमा पठाएको हो ।

 

मिश्रले उमेर हदका कारण पुस १७ गतेबाट अवकाश पाउँँदैछन् । संविधानअनुसार संवैधानिक अंगका पदाधिकारीको नियुक्ति सिफारिस एक महिनाअघिनै गर्नुपर्ने भएकाले संवैधानिक परिषदलाई सजिलो होस भनेर रेकर्ड पठाइएको न्यायपरिषदका सचिव नृपध्वज निरौलाले  बताए ।

जे तथ्य हो, त्यो संवैधानिक परिषदलाई आवश्यक कागजातसहित पठाइएको उनले जानकारी दिए ।

 

स्रोतका अनुसार न्याय परिषद सचिवालयले संवैधानिक परिषद सचिवालयलाई पठाएको पत्रमा दीपकराज जोशी बरिष्ठतम न्यायाधीश भएकाले एक नम्बरमा उनको नाम छ । तर, कैफियतमा उनी संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अश्वीकृत भएको समेत जनाइएको छ ।

 

पत्रको कैफियतमा भनिएको छ– निज दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीश पदमा अश्वीकृत भई हाल सर्बोच्च अदालतको न्यायाधीशमा कार्यरत रहेको ।

 

संवैधानिक परिषदको बैठक यसैसाता बसेर चोलेन्द्र शमसेर जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । जोशी यसअघि संसदीय सुनुवाई विशेष समितिको निर्देशनबमोजिम संवैधानिक परिषदबाट अश्वीकृत भइसकेकाले उनको नाममा यसपटक थप छलफल नहुने स्रोतको दाबी छ ।

 

पछिल्लो समय सर्बोच्च अदालतमा एक महिनादेखि एकै न्यायाधीशहरुको इजलास गठन गरेर सयौं रोपनी सरकारी जग्गा व्यक्तिका नाममा गर्ने मुद्दाहरुको सुनुवाइ हुन थालेपछि सरकार झस्किएको छ ।

 

दुईजना बरिष्ठ न्यायाधीशले प्रधानन्यायाधीश मिश्रलाई भेटेरै ‘बेन्च सपिङ’ले अदालतको मर्यादा खत्तम भएको भन्दा पनि सुनुवाई नभएपछि यो विषय संसद र संवैधानिक परिषदमा पुगेको स्रोतले जनाएको छ ।

 

पछिल्लो समय सरकारी वकिलले सरकारी जग्गासम्बन्धी मुद्दाहरु ती इजलासमा परेपछि नभ्याइने भन्दै सार्न थालेका छन् । गोठाटार र महोत्तरीको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने प्रयास भएपछि हालैमात्र महान्यायाधिवक्ताको कार्यालयबाट ती दुवै मुद्दा सारिएको स्रोतले जनाएको छ ।

 

तत्कालै संवैधानिक परिषद बैठक बसेर प्रधानन्यायाधीश सिफारिस गरेपछि अदालतको ‘बेन्च सपिङ’ कमजोर बन्ने सुझावपछि परिषद बैठक बोलाउन लागिएको स्रोतले जनाएको छ । प्रधानन्यायाधीश मिश्रलाई एक महिनाअघि घरविदा बस्न सन्देश पठाइए पनि उनले विदा नबस्ने बताएका छन् ।

 

सर्वोच्च अदालतको प्रचलन अनुसार प्रधानन्यायाधीशबाट अवकाश हुनुभन्दा एक महिनाअघि विदा बस्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...