आग्लो प्रहार गरी श्रीमतीको हत्या, तीन वर्षपछि फरार अभियुक्त पक्राउ



 

जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् ।

ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

 

हत्या गरेलगत्तै तामाङ फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक काफ्लेले बताउनुभयो । मृतक राममायको शव जिरी अस्पतालमा राखिएको छ ।

तीन वर्षपछि फरार अभियुक्त पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका झापाको गौरादह–१ का ३० वर्षीय महादेव राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार राजवंशीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले २०७३ माघ १० गते १० वर्ष कैद र रु ५० हजार जरिवाना तोकेका थियो । फैसला कार्यान्वयन टोलीले राजवंशीलाई पक्राउ गरी जिल्ला अदालत झापामा पेश गरेर कैद भुक्तानका लागि सोमबार कारगार चलान गरिएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

बहुविवाह गर्ने दुई जना पक्राउ

प्रहरीले बहुविवाह मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–२ का ३० वर्षीया ३० मेनका मुर्मू र सोही ठाउँका ३१ वर्षीय दिवु मुर्मू रहेका छन् । जिल्ला अदालत झापाले मेनका र दिवुलाई बहुविवाह मुद्दामा २०६७ मङ्सिर १६ गते एक÷एक वर्ष कैद र रु पाँच÷पाँच हजार जरिवाना तोकेको थियो । उनीहरुलाई सोमबार कारागार चलान गरिएको छ ।

विद्युत् चुहावट घट्यो

विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि सिरहामा २३ प्रतिशत चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले अभियान सञ्चालन गरेपछि चुहावटमा कमी आएको हो ।

विसं २०७४ असोजसम्म करीब ४९ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा २०७५ कात्तिकसम्ममा करीब २३ प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले जानकारी दिनुभयो । विसं २०७५ साउनदेखि कात्तिकसम्ममा विद्युत्को महसुल नबुझाउने १७३ ग्राहकको विद्युत् लाइन काटिएको दुबेले बताउनुभयो ।

विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दा समेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालिएको छ । विद्युत् लाइन काटिएका १७३ ग्राहकमध्ये १४६ ग्राहकबाट रु ३० लाख ६८ हजार बक्यौता रकम असुल गरिएको छ ।

 

केन्द्रले साउनदेखि कात्तिकसम्म हुकिङ गरी विद्युत् चुहावट गर्ने १५४ जनालाई पक्राउ गरी कारवाही गरेको छ । कारवाही गरिएकाबाट रु २६ लाख ८६ हजार राजश्व सङ्कलन भएको छ । सो क्रममा ७१ थान पानी तान्ने मोटर, चार थान टिभी, दुई थान फ्रिज र नौ थान एलसीडिसमेत बरामद गरिएको यादवले बताउनुभयो ।

विष्णुपुरको बजेट  १७ करोड 

सिरहाको विष्णुपुर गाउँपालिकाको दोस्रो गाउँसभाले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि रु १६ करोड ९६ लाख बजेट पारित गरेको छ । गाउँसभाबाट पारित नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जागेश्वर यादवले सो बजेट पारित भएको घोषणा गर्नु भएको हो ।

गाउँपालिकाको पाँचै वडाको वडास्तरीय योजनातर्फ रु ३० लाखको दरले रु एक करोड ५० लाख र गाउँपालिकास्तरीय योजनाको लागि रु १५ करोड ४६ लाख विनियोजन गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, गाउँपालिकाको पाचवटै वडाका वडाध्यक्ष, नगारिक समाज, बुद्धिजीवीलगायतको सहभागिता रहेको थियो ।

 

नरैनापुरमा एकीकृत घुम्ती शिविर

बाँकेको नरैनापुरमा सोमबारदेखि सप्ताहव्यापी एकीकृत घुम्ती शिविर एवं सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र नरैनापुर गाउँपालिकाको आयोजनामा उक्त घुम्ती शिविर शुरु गरिएको हो ।

 

नरैनापुर गाउँपालिका– ४ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खोदवाँ पण्डितपूर्वामा सञ्चालन गरिएको सो घुम्ती शिविरमा नागरिकको स्वास्थ्य परीक्षण, आँखा जाँच, जग्गा नापी, नागरिकता वितरण र मतदाता नामावली सङ्कलनसम्बन्धी सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । सोमबार ६१ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ ।

घुम्ती शिविरसँगै गरिएको सार्वजनिक सुनुवाइमा गाउँपालिकाका बासिन्दाले सरकारी कर्मचारीको काम गर्ने प्रवृत्तिमा कुनै सुधार नआएको गुनासो गरेका थिए । सो अवसरमा प्रजिअ भुजेलले सबै सरकारी कार्यालयको काममा सुधार ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।

धान खरीद शुरु 

नेपालगञ्जस्थित नेपाल खाद्य संस्थानको अञ्चल कार्यालयले सोमबारदेखि किसानबाट धान खरीद शुरु गरेको छ । कारकादोस्थित संस्थानको खरीद केन्द्रबाट धान खरीद थालिएको हो । मोटो र मध्यम गरी सोमबार साँझसम्म करीब १०० क्विन्टल धान खरीद गरिएको अञ्चल प्रमुख हरिप्रसाद जोशीले बताउनुभयो ।

 

धान बिक्री गर्न आउने किसानले नागरिकता र जग्गाको लालपुर्जाको प्रतिलिपि प्रमाणपत्र अनिवार्य बोक्नुपर्ने प्रावधान राखिएको छ । धान खरीद गर्दा पल्लेदारी खर्च भने संस्थानले नै बेहोर्ने छ । संस्थानले यस वर्ष मोटो धान प्रतिक्विन्टल रु दुई हजार ३३१ र मध्यम धान प्रतिक्विन्टल रु दुई हजार ४६० मा खरीद गर्दैछ । संस्थानले यस वर्ष २५ हजार क्विन्टल धान खरीद गर्ने जनाएको छ । लक्ष्य निर्धारण गरेको छ ।

 

गोठमा होइन अब प्रसूति केन्द्रमा सुत्केरी

छेडागाड नगरपालिका–४ का धनसरा पुन चार बच्चाकी आमा हुनुहुन्छ । उहाँले चार सन्तानलाई गोठमै जन्म दिनुभयो । चिसो गोठ तथा सामग्री अभावका बीचमा बच्चा जन्माउँदा निकै पीडा भएको पुन बताउनुहुन्छ ।

उहाँकी बुहारीले भने पहिलो सन्तान सुत्केरी केन्द्रमा जन्माउनुभयो । भनसराले बुहारीलाई सुत्केरी गराउन स्टेचरमा बोकेर सुत्केरी केन्द्रसम्म पु¥याउनु भएको हो । पहिला घर नजिक सुत्केरी केन्द्र थिएनन् । अहिले घरदेखि दुई घण्टाको दूरीमा अस्पताल छ ।

 

उहाँजस्तै छेडागाड–८ का पातली विक पनि दुई बच्चाकी आमा हुन् । पहिलो सन्तान घरमै जन्माउनुभएकी उहाँले दोस्रो बच्चा सुत्केरी केन्द्रमा गएर जन्माउनुभयो । सुत्केरी केन्द्रमा गई बच्चा जन्माउँदा उहाँले रु दुई हजार २०० समेत बुझेर ल्याउनुभयो ।

 

“घरमा सुत्केरी हुँदा धेरै रगत बग्ने गर्दथ्यो, अस्पताल गएपछि सजिलो भयो,” उहाँले भन्नुभयो । विकले जस्तै अहिले छेडागाड नगरपालिकाका सुत्केरीले सुत्केरी केन्द्रमा गई बच्चा जन्माउने गरेका छन् ।

छेडागाड नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा सात सुत्केरी केन्द्र सञ्चालनमा ल्याएको छ । साविकका झार्पा, कार्कीगाउँ, पजारु क, ख, सुवानाउली, दसेरा र साल्मा गाविसमा सुत्केरी केन्द्र निर्माण गरी सेवा प्रदान गरिँदै आएको छ ।

 

छेडागाड नगरपालिकाका स्वास्थ्य तथा सरसफाइ शाखाका उपसंयोजक भीमराज सिंहका अनुसार अघिल्लो आवमा सुरक्षित रूपमा सुत्केरी गराउनेको सङ्ख्या ११६ थियो । चालु आवको चार महीनामा ३५१ महिलाले सुत्केरी केन्द्रमा गई सो सेवा लिएका छन् ।

सुत्केरी सेवा लिन आउनेलाई प्रोत्साहनस्वरुप थप रु एक हजार २०० दिने व्यवस्था गरिएको छ । सुत्केरीलाई स्वास्थ्य संस्थासम्म ल्याउने स्वयंसेविकालाई नगरपालिकाले रु २०० उपलब्ध गराउँदै आएको छ ।

 

विद्यालय, व्यक्तिगत घरमा खोप सेवा उपलब्ध गराउँदै आएका यहाँका स्वास्थ्यकर्मी तथा स्वयंसेविकाले नयाँ ६ खोपकेन्द्र स्थापना भएसँगै खोप सेवा लिनेको सङ्ख्या बढेको छ । कोही बालबालिका खोपबाट नछुटुन् भनेर नगरपालिकामार्फत सो अभियान सञ्चालन गरिएको नगरप्रमुख लालबहादुर महतराले बताउनुभयो ।

 

मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ ।

 

आव २०७४÷७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको चार महीनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनुभयो ।

“पछिल्लो समय मापसे गरेर सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइयो,” उहाँले भन्नुभयो, “महीलामा मापसे गरी सवारीसाधन चलाए पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता रहेको पाइयोे ।” लेन अनुशासनतर्फ आव २०७४÷७५ मा तीन हजार २५२ महिलाले चेतनामूलक कक्षा लिएका छन् भने चालु आवको चार महीनामा ७५२ महीलाले सो कक्षा लिएका छन् ।

आव २०७४÷७५ मा सवारी दुर्घटना गराउने २० महिलाले कक्षा लिएका थिए भने चालु आवको चार महीनामा सो कक्षा लिने महीलाको सङ्ख्या दुई रहेको महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ

गणतन्त्रविरोधी हर्कतलाई हामीले सामूहिकरूपमा जवाफ दिन जरुरी : कावा प्रधानमन्त्री खड्का

    कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक

कांग्रेस प्रचण्डपथको भरिया बनेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

यो सरकार आफैँ ढल्न सक्छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि