आग्लो प्रहार गरी श्रीमतीको हत्या, तीन वर्षपछि फरार अभियुक्त पक्राउ



हाम्रो इकोनोमि

 

जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् ।

ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

 

हत्या गरेलगत्तै तामाङ फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक काफ्लेले बताउनुभयो । मृतक राममायको शव जिरी अस्पतालमा राखिएको छ ।

तीन वर्षपछि फरार अभियुक्त पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका झापाको गौरादह–१ का ३० वर्षीय महादेव राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार राजवंशीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले २०७३ माघ १० गते १० वर्ष कैद र रु ५० हजार जरिवाना तोकेका थियो । फैसला कार्यान्वयन टोलीले राजवंशीलाई पक्राउ गरी जिल्ला अदालत झापामा पेश गरेर कैद भुक्तानका लागि सोमबार कारगार चलान गरिएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

बहुविवाह गर्ने दुई जना पक्राउ

प्रहरीले बहुविवाह मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–२ का ३० वर्षीया ३० मेनका मुर्मू र सोही ठाउँका ३१ वर्षीय दिवु मुर्मू रहेका छन् । जिल्ला अदालत झापाले मेनका र दिवुलाई बहुविवाह मुद्दामा २०६७ मङ्सिर १६ गते एक÷एक वर्ष कैद र रु पाँच÷पाँच हजार जरिवाना तोकेको थियो । उनीहरुलाई सोमबार कारागार चलान गरिएको छ ।

विद्युत् चुहावट घट्यो

विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि सिरहामा २३ प्रतिशत चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले अभियान सञ्चालन गरेपछि चुहावटमा कमी आएको हो ।

विसं २०७४ असोजसम्म करीब ४९ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा २०७५ कात्तिकसम्ममा करीब २३ प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले जानकारी दिनुभयो । विसं २०७५ साउनदेखि कात्तिकसम्ममा विद्युत्को महसुल नबुझाउने १७३ ग्राहकको विद्युत् लाइन काटिएको दुबेले बताउनुभयो ।

विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दा समेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालिएको छ । विद्युत् लाइन काटिएका १७३ ग्राहकमध्ये १४६ ग्राहकबाट रु ३० लाख ६८ हजार बक्यौता रकम असुल गरिएको छ ।

 

केन्द्रले साउनदेखि कात्तिकसम्म हुकिङ गरी विद्युत् चुहावट गर्ने १५४ जनालाई पक्राउ गरी कारवाही गरेको छ । कारवाही गरिएकाबाट रु २६ लाख ८६ हजार राजश्व सङ्कलन भएको छ । सो क्रममा ७१ थान पानी तान्ने मोटर, चार थान टिभी, दुई थान फ्रिज र नौ थान एलसीडिसमेत बरामद गरिएको यादवले बताउनुभयो ।

विष्णुपुरको बजेट  १७ करोड 

सिरहाको विष्णुपुर गाउँपालिकाको दोस्रो गाउँसभाले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि रु १६ करोड ९६ लाख बजेट पारित गरेको छ । गाउँसभाबाट पारित नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जागेश्वर यादवले सो बजेट पारित भएको घोषणा गर्नु भएको हो ।

गाउँपालिकाको पाँचै वडाको वडास्तरीय योजनातर्फ रु ३० लाखको दरले रु एक करोड ५० लाख र गाउँपालिकास्तरीय योजनाको लागि रु १५ करोड ४६ लाख विनियोजन गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, गाउँपालिकाको पाचवटै वडाका वडाध्यक्ष, नगारिक समाज, बुद्धिजीवीलगायतको सहभागिता रहेको थियो ।

 

नरैनापुरमा एकीकृत घुम्ती शिविर

बाँकेको नरैनापुरमा सोमबारदेखि सप्ताहव्यापी एकीकृत घुम्ती शिविर एवं सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र नरैनापुर गाउँपालिकाको आयोजनामा उक्त घुम्ती शिविर शुरु गरिएको हो ।

 

नरैनापुर गाउँपालिका– ४ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खोदवाँ पण्डितपूर्वामा सञ्चालन गरिएको सो घुम्ती शिविरमा नागरिकको स्वास्थ्य परीक्षण, आँखा जाँच, जग्गा नापी, नागरिकता वितरण र मतदाता नामावली सङ्कलनसम्बन्धी सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । सोमबार ६१ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ ।

घुम्ती शिविरसँगै गरिएको सार्वजनिक सुनुवाइमा गाउँपालिकाका बासिन्दाले सरकारी कर्मचारीको काम गर्ने प्रवृत्तिमा कुनै सुधार नआएको गुनासो गरेका थिए । सो अवसरमा प्रजिअ भुजेलले सबै सरकारी कार्यालयको काममा सुधार ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।

धान खरीद शुरु 

नेपालगञ्जस्थित नेपाल खाद्य संस्थानको अञ्चल कार्यालयले सोमबारदेखि किसानबाट धान खरीद शुरु गरेको छ । कारकादोस्थित संस्थानको खरीद केन्द्रबाट धान खरीद थालिएको हो । मोटो र मध्यम गरी सोमबार साँझसम्म करीब १०० क्विन्टल धान खरीद गरिएको अञ्चल प्रमुख हरिप्रसाद जोशीले बताउनुभयो ।

 

धान बिक्री गर्न आउने किसानले नागरिकता र जग्गाको लालपुर्जाको प्रतिलिपि प्रमाणपत्र अनिवार्य बोक्नुपर्ने प्रावधान राखिएको छ । धान खरीद गर्दा पल्लेदारी खर्च भने संस्थानले नै बेहोर्ने छ । संस्थानले यस वर्ष मोटो धान प्रतिक्विन्टल रु दुई हजार ३३१ र मध्यम धान प्रतिक्विन्टल रु दुई हजार ४६० मा खरीद गर्दैछ । संस्थानले यस वर्ष २५ हजार क्विन्टल धान खरीद गर्ने जनाएको छ । लक्ष्य निर्धारण गरेको छ ।

 

गोठमा होइन अब प्रसूति केन्द्रमा सुत्केरी

छेडागाड नगरपालिका–४ का धनसरा पुन चार बच्चाकी आमा हुनुहुन्छ । उहाँले चार सन्तानलाई गोठमै जन्म दिनुभयो । चिसो गोठ तथा सामग्री अभावका बीचमा बच्चा जन्माउँदा निकै पीडा भएको पुन बताउनुहुन्छ ।

उहाँकी बुहारीले भने पहिलो सन्तान सुत्केरी केन्द्रमा जन्माउनुभयो । भनसराले बुहारीलाई सुत्केरी गराउन स्टेचरमा बोकेर सुत्केरी केन्द्रसम्म पु¥याउनु भएको हो । पहिला घर नजिक सुत्केरी केन्द्र थिएनन् । अहिले घरदेखि दुई घण्टाको दूरीमा अस्पताल छ ।

 

उहाँजस्तै छेडागाड–८ का पातली विक पनि दुई बच्चाकी आमा हुन् । पहिलो सन्तान घरमै जन्माउनुभएकी उहाँले दोस्रो बच्चा सुत्केरी केन्द्रमा गएर जन्माउनुभयो । सुत्केरी केन्द्रमा गई बच्चा जन्माउँदा उहाँले रु दुई हजार २०० समेत बुझेर ल्याउनुभयो ।

 

“घरमा सुत्केरी हुँदा धेरै रगत बग्ने गर्दथ्यो, अस्पताल गएपछि सजिलो भयो,” उहाँले भन्नुभयो । विकले जस्तै अहिले छेडागाड नगरपालिकाका सुत्केरीले सुत्केरी केन्द्रमा गई बच्चा जन्माउने गरेका छन् ।

छेडागाड नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा सात सुत्केरी केन्द्र सञ्चालनमा ल्याएको छ । साविकका झार्पा, कार्कीगाउँ, पजारु क, ख, सुवानाउली, दसेरा र साल्मा गाविसमा सुत्केरी केन्द्र निर्माण गरी सेवा प्रदान गरिँदै आएको छ ।

 

छेडागाड नगरपालिकाका स्वास्थ्य तथा सरसफाइ शाखाका उपसंयोजक भीमराज सिंहका अनुसार अघिल्लो आवमा सुरक्षित रूपमा सुत्केरी गराउनेको सङ्ख्या ११६ थियो । चालु आवको चार महीनामा ३५१ महिलाले सुत्केरी केन्द्रमा गई सो सेवा लिएका छन् ।

सुत्केरी सेवा लिन आउनेलाई प्रोत्साहनस्वरुप थप रु एक हजार २०० दिने व्यवस्था गरिएको छ । सुत्केरीलाई स्वास्थ्य संस्थासम्म ल्याउने स्वयंसेविकालाई नगरपालिकाले रु २०० उपलब्ध गराउँदै आएको छ ।

 

विद्यालय, व्यक्तिगत घरमा खोप सेवा उपलब्ध गराउँदै आएका यहाँका स्वास्थ्यकर्मी तथा स्वयंसेविकाले नयाँ ६ खोपकेन्द्र स्थापना भएसँगै खोप सेवा लिनेको सङ्ख्या बढेको छ । कोही बालबालिका खोपबाट नछुटुन् भनेर नगरपालिकामार्फत सो अभियान सञ्चालन गरिएको नगरप्रमुख लालबहादुर महतराले बताउनुभयो ।

 

मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ ।

 

आव २०७४÷७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको चार महीनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनुभयो ।

“पछिल्लो समय मापसे गरेर सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइयो,” उहाँले भन्नुभयो, “महीलामा मापसे गरी सवारीसाधन चलाए पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता रहेको पाइयोे ।” लेन अनुशासनतर्फ आव २०७४÷७५ मा तीन हजार २५२ महिलाले चेतनामूलक कक्षा लिएका छन् भने चालु आवको चार महीनामा ७५२ महीलाले सो कक्षा लिएका छन् ।

आव २०७४÷७५ मा सवारी दुर्घटना गराउने २० महिलाले कक्षा लिएका थिए भने चालु आवको चार महीनामा सो कक्षा लिने महीलाको सङ्ख्या दुई रहेको महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...