समाचार

माध्यमिक शिक्षा निःशुल्क गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

    नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलान्चोक जिल्ला कमिटीले माध्यमिक शिक्षा निःशुल्क गराउन सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ । अनेरास्ववियुले काभ्रेका स्थानीय तह, शिक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको हो ।