नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही फागुन १२ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । शंखमुलमा भएको अगुवा कार्यकर्ता भेलाले राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो । केही दिनअघि पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानीमा अनेरास्ववियू र युवा संघका अध्यक्षलाई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै आलोचना भइरहेको छ । हिजै समानान्तर कमिटी बनाउने तयारी भएपनि सम्मानित नेता झलनाथ खनालले केन्द्रीय कमिटी बैठकसम्म पर्खन आग्रह गरेका थिए ।

खनालले अहिले छुट्टै भेला नभई छलफल कार्यक्रममात्र गर्न सुझाव दिएको बताइन्छ । हिजोको भेलामा खनालले जहाँजहाँबाट आग्रह पूर्वाग्रह सुरू भएका छन्, त्यसलाई मिलाउने कोसिस गर्ने र मिल्न नसके अलग ढंगले विभिन्न सोचका साथ जान सकिने बताएका थिए ।

उनले पार्टीले गलत ढंगले निर्णय गरेर पेल्न खोजे आफू संरक्षकको भूमिकामा रहने आश्वासनसमेत असन्तुष्ट पक्षलाई दिएका छन् । खनालले भने, अनेरास्ववियूभित्र व्यक्तिवाद र संगठनात्मक अराजकता मौलाउन दिन हुँदैन । पार्टी केन्द्रीय कमिटी बैठक छिट्टै बस्न लागेको छ । बैठकले अनेरास्ववियूमा उत्पन्न समस्या समाधान गर्नेछ । पार्टी र जन संगठनलाई विधि, पद्धति र संगठनात्मक ढाँचामा चलाउन नेतृत्व तयार नभए पार्टीको भविष्य संकटमा पर्न सक्छ ।

कार्यक्रममा अनेरास्ववियूकी निवर्तमान अध्यक्ष आरती लामाले नेकपा (एस) भित्र कुनै पनि खाले स्वेच्छाचारी स्वीकार्य नहुने बरु सशक्त प्रतिवाद गरिने बताइन् । ‘अनेरास्ववियूमा बहुसंख्यक नेता/कार्यकर्ताको भावनामाथि चोट पुग्ने गरी गरिएको निर्णय खारेज हुनुपर्छ । युवा संघ नेपालका संयोजक कृष्ण विकले पार्टी र जनसंगठनलाई निजी सम्पत्ति जस्तो ठानेर कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्ति गलत भएको बताए । अनेरास्ववियू लुम्बिनी प्रदेश कमिटी अध्यक्ष टेकेन्द्र मल्लले विद्रोहीहरूका लागि गुमाउन बाँकी केही नहुने उल्लेख गर्दै अनेरास्ववियू कसैको बपौती हुन नहुने बताए ।

अनेरास्ववियूले संगठनभित्र देखिएका समस्या समाधान गर्न नेतृत्व तयार नभए राष्ट्रिय कार्यकर्ता भेलाबाट नयाँ नेतृत्व चयन गरेर अघि बढ्ने निर्णयसमेत गरेको छ ।

केन्द्रीय कार्यालय सदस्य मिलन राईको अध्यक्षतामा भएको हिजोको भेलामा पार्टी केन्द्रीय सदस्य तथा अनेरास्ववियू निवर्तमान अध्यक्ष आरती लामा, केन्द्रीय सदस्य तथा युवा संघ नेपालका निवर्तमान अध्यक्ष कृष्ण विश्वकर्मा, रामेश्वर श्रेष्ठ, केशरी रेग्मी, अनेरास्ववियू कार्यालय सदस्यहरू नरेश न्यौपाने, टेकेन्द्र मल्ल, लुम्बिनीका अध्यक्ष तथा निवर्तमान सचिव प्रदीप थापा, उपत्यका प्रदेश अध्यक्ष तथा निवर्तमान सचिव प्रकाश श्रेष्ठ, कार्यालय सदस्य तथा निवर्तमान सचिव सुमन कार्कीलगायत थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...