अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस



 

 

नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठक सरकारले ल्याएको अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवै गलत भएकाले असहमति रहेको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

उनले भने, ‘संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको छ । संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत छ । अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन् ।

अध्यादेशहरूबाट भू-माफिया, कालोबजारिया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निषर्ष निकालेको उनले बताए । उनले थपे, ‘अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुबैमा हाम्रो पार्टीको असहमति र विरोध छ । त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

राष्ट्रियसभामा अध्यादेश पारित गर्न निर्णायक उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकार अप्ठेरोमा परेको छ । अध्यादेश पारित गर्न सकस भइरहेको बेलामा सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशमा नेकपा एसलाई फकाउने प्रयास गरिरहेका छन् । सत्तापक्षले विकल्पको रुपमा राखेको नेकपा एसले पनि अध्यादेशको समर्थन गर्न नसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको