अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज



 

 

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालले अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरेको हो । अस्पताले निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार पोखराको बेलुन दुर्घटनामा घाइते भएका अर्थमन्त्री पौडेल सोमबारदेखि सोही अस्पतालमा उपचार गराइरहेका थिए । उनको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नरहेकोले आज उनलाई डिस्चार्ज गरिएको हो ।

सोही दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पनि स्वास्थ्य उपचार सामान्य बन्दै गएको छ । उनमा जलनको घाउ निको हुँदै गए पनि उच्च रक्तचापको समस्या भएकाले उनलाई थप केही दिन उपचार गराइने अस्पतालले जनाएको छ । मेयर आचार्यसँग हुने भेटघाट पनि सङ्क्रमण जोखिम कम गर्न बन्द गरिएको छ । उनको उपचारमा डा. प्रवीण गिरी लगायतका सघन उपचार कक्षको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको