जलनजस्तो संवेदनशील विषयमा आचारहीन टिकाटिप्पणी हुनु असभ्यताको पराकाष्ठा : अध्यक्ष बस्नेत



हाम्रो इकोनोमि

 

 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालमा नकरात्मक सामाग्री मात्र आउनुपर्छ भन्ने गलत भाष्यलाई हटाउनुपर्ने धारणा राख्नुभएको छ । जलन दूर्घटना जस्तो संवेदनशील विषयमा मानवीयताको ख्यालै नगरी आचारहीन र तथ्यहीन टिकाटिप्पणी हुनुलाई उहाँले असभ्यताको पराकाष्ठाको संज्ञा दिनुभएको छ ।

अध्यक्ष बस्नेतले राम्रो नदेख्ने र नलेख्ने प्रवृत्तिलाई सामाजिक सञ्जालको भाष्य बनाउन नहुनेतर्फ सबै सजग हुनुपर्ने धारणा राख्नुभएको छ । सामाजिक सञ्जालमा नेपाली संस्कार र संस्कृति विपरित गाली संस्कृति हुर्किएको भन्दै उहाँले तथ्यसहितका सृजनात्मक सामाग्री हुनुपर्ने सुझाव दिनुभएको छ । ‘नभएका कुरा जोड्जाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामाग्री सामाजिक सञ्जालमा राख्नु उपर्युक्त हुन्छ, सामािजक सञ्जालमा नकरात्मकतालाई प्रसय दिन नहुने तर्फ सजग हुनुपर्ने भन्दै अध्यक्ष बस्नेतले भन्नुभएको छ । ‘गालीगलौज र अश्लील भाषा, हिंसा, द्धेस फैलाउने, मनमुटाव बढाउने, जातजाती, धर्म, रीतिरिवाज र संस्कृतिबीच फाटो ल्याउन खोज्ने, उक्साउन खोज्ने प्रवृत्ति फेसबुक, युट्युव, एक्स, टिकटकजस्ता सामाजिक सञ्जालमा भेटिँदा दुःख लाग्छ, बस्नेतको फेसबुकमा छ । उहाँले नभएका कुरा गरेर आपसी फाटो ल्याउने, घृणास्पद शब्दसहितको गाली नेपाली संस्कार र संस्कृति भित्र नपर्ने तर्फ सजग गराउँदै  आफ्नो संस्कृति आफै मिचेर बलवान नहुने तर्फ सबैको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

पछिल्लो समय बेलुन दूर्घटना भई जलनमा पर्नुभएको उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका विषयमा सामाजिक सञ्जालमा आएका कतिपय नकरात्मक सामाग्रीप्रति लक्ष्य गर्दै अध्यक्ष बस्नेतले त्यसलाई असभ्य भनी टिप्पणी गर्नुभएको छ । ‘जलन दूर्घटना जस्तो संवेदनशील विषयमा समेत मानवीयताको ख्यालै नगरी आचार र तथ्यहीन टिकाटिप्पणी हुनु असभ्यताको पराकाष्ठा हो, उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...