लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सार्वजनिक
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा बुधबार सार्वजनिक गरेको छ। बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा उक्त नक्सा सार्वजनिक गरिएको हो। गत सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्मा अर्यालले उक्त नक्सा पेश गरेकी थिइन्।