नेपालको स्वाभिमानमाथि निम्छरा वचन नबोल्न प्रधानमन्त्रीको चेतावनी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी केपी शर्मा ओलीले चिनियाँ राजदूतले आफ्नो सरकार बचाएको भनेर ‘निम्छरा’ बयान नदिन चेतावनी दिएका छन् ।

अध्यादेश प्रकरणसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक वा दुबै पद त्याग्नुपर्ने माग चर्किएको थियो । तर ओली पार्टी सचिवालयमा आफ्नो पक्षमा बहुमत पु¥याउन सफल भएका छन् र, तत्कालका लागि त्यो खतरा टरेको छ ।

त्यो अवधिमा नेपालका लागि चिनियाँ राजदूतले नेकपा नेताहरुसँग भेटवार्ता गरेकी थिइन् । त्यही कारण कतिपय भारतीय विश्लेषकहरुले ओली सरकार चीनले जोगाइदिएको टिप्पणी गरेका थिए ।

त्यसतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी कहिले कहिले सुन्ने गर्छौं, जानैजानै लागेको थियो फलानो देशको राजदूतले भूमिका खेलेर फेरि आयो । अहिलेको सन्दर्भमा नेपालको स्वाभिमानमाथि यस्ता खालका कमजोर, निम्छरा बचन कुनै पनि देशले नबोलिए राम्रो हुन्छ । यो सरकार नेपाली जनताले बनाएको हो, कुनै देशको आशिर्वादबाट बनेको, टिक्ने, ढल्ने, ढालिने कल्पना नगरे हुन्छ ।’

सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले आफ्नो राजीनामा माग्ने डा। बाबुराम भट्टराईलाई पनि जवाफ दिए । बेलायतमा नेभिल च्याम्बरलिनलाई हटाएर चर्चिल प्रधानमन्त्री हुनु अगाडि बेलायती संसदमा इनफ, इनफको नारा लागेको सम्झिँदै उनले भने, ‘शायद अहिलेको सरकारलाई छोडिदिनुपर्छ भन्ने मित्रलाई लागेको हो । नेपाली जनताले गएको चुनावमा इनफ, इनफ एण्ड मोर देन इनफ भनेर त यो सरकार बनाएको हो । त्यसकारण कुनै भ्रम नरहोस्, म आग्रह गर्न चाहन्छु ।’

उनले अघि भने, ‘यो जनादेशबाट आएको सरकार हो, जनादेशलाई कदर गर्छ । इच्छा गर्न त पाइन्छ, म त्यसमा केही भन्दिनँ । अत्यन्त समानका साथ सम्झाउन मात्र चाहन्छु, जनताले इनफ, इनफ भन्छन् कहिलेकाहीँ ।’

इनफ इनफ भनेपछि च्याम्बरलिनले छाडे जस्तो आफूले नछाड्ने संकेत गर्दै उनले भने, ‘एउटै जुत्ता सबै खुट्टामा मिल्दैन । यो च्याम्बरलिन र चर्चिलको दृष्टान्त पनि १९४० को जुत्ता नेपालीको खुट्टामा लगाउन खोज्दा धेरै अगाडि बढिसकेको परिस्थितिमा मिल्दैन ।’

बरु यस्ता प्रयासले तानाशाह जन्माउन सक्ने प्रधानमन्त्री ओलीले बताए । मार्कोस, इदयमिनलाई देखेको भन्दै उनले भने, ‘हामी भन्न चाहन्छौं, नेपालमा कुनै तानाशाहको उदय हुन सक्दैन । कुनै तानाशाह फर्किएर आउने कल्पना नगर्दा हुन्छ । अब नेपालमा अधिनायकवादको सम्भावना छैन ।’

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...