नेपालमा थप २७ जनामा कोरोना, संक्रमितको संख्या ४०२ जना पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७ जना संक्रमित थएिको बताए। योसँगै संक्रमितको संख्या ४०२ जना पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए । थपिएकामध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा ३, भक्तपुर र ललितपुरमा एक/एक जना संक्रमित थपिएका छन्। त्यस्तै, झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लम्जुङ १, कपिलवस्तु ४ र नवलपरासीमा १ गरेर २७ जना नयाँ संक्रमित थपिएका हुन्।प्रवक्ता देवकोटाका अनुसार थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।

संक्रमित मध्ये ३४० जना पुरुष र ६२ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। उनीहरु सबैको परीक्षणमा आएका व्यक्तिको खोजी सुरु भएको पनि प्रवक्ता देवकोटाको भनाइ छ ।

हालसम्म संक्रमित मध्ये दुई जनाको मृत्यु भएको छ भने, ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...