फेरी शक्तिशाली आँधी : ३९ जनाको मृत्यु, आज देशका कयौँ क्षेत्रमा अझै आउने चेतवानी
भारतका विभिन्न राज्यमा आएको शक्तिशाली आँधीका कारण अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन्। बिहीबार रातिदेखि आएको आँधीका कारण भारतका विभिन्न स्थानमा गरेर ३९ जनाको मृत्यु भएको पुष्टि भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।