अक्टोपसहरुको अचाक्ली ओहोरदोहोर
मकवानपुरको अति दुर्गम अनि थोरै मतदाता भएको सानो गाविस थियो खैराङ । ढुंगामाटो पनि एमालेमय भएको २०५४ । उन्मादिला रहरको झुप्पो बोकेर राजनीतिमा झ्वाम्म हाम्फालेका राजकुमार मल्ल गाविस अध्यक्ष भए । कम उमेर, बढी सपना । बहुमत जनताको साथ ।