१६ वर्ष पुग्दा पनि रहस्यमै दरबार हत्यकाण्ड



काठमाडौँ । नेपालको मात्रै होइन विश्व इतिहासले चासोका साथ हेरेको दिन आज जेष्ठ १९ गते नारायणहिटी राजदरबार हत्याकाण्ड भएको दिन ।

वि.स. २०५८ साल जेठ १९ गते शुक्रबार अर्थात आजैका दिन तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि नारायणहिटी राजदरबार हत्या काण्ड भयो । जसको आज १६ वर्ष पूरा भएको छ । वीरन्द्रको वंश सहित केही शाही नातेदारको मृत्यु हुने गरि भएको त्यो त्रासदीपूर्ण घटना आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय रुपमा भएको सो घटनामा राजपरिवारका १० जना सदस्यको हत्या भएको थियो ।

प्रत्येक शुक्रबार राति हुने शाही भोज जस्तै त्यस दिन पनि भोज भइरहेका बेलामा युवराज दीपेन्द्रले राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन, धीरेन्द्र शाह, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा, शाहज्यादी जयन्ती, कुमार खड्गविक्रम शाहलाई गोली हानी हत्या गरेको उच्चस्तरीय छानबिन समितिले दावी गरेको थियो । तर, सो घटना भएको १५ वर्ष पूरा भइसक्दा पनि दीपेन्द्रलाई दोषी स्वीकार्न नागरिकले चाहेका छैनन् भने सत्यतथ्य अझै बाहिर नआएको गुनासो अथावत छ ।

सारा आफ्ना पारिवारका सदस्य र आफन्तलको हत्या पछि आफैं माथि दीपेन्द्रले गोली प्रहार गरेको बताइयो । राजपरिवारको वंशनाश हुने गरी भएको सो घटनाको बारेमा जेठ २० गते ढिलो गरी मात्रै जनतालाई जानकारी दिइयो । शोकाकुल बनेका जनताहरु सडकमा स्वतःस्फूर्त निस्किएका थिए ।आशंका र त्रासका बीच दरबार हत्याकाण्डको विषयमा चासो लिइरहेका आम नागरिकलाई घटनाको भोलिपल्ट जेठ २० गते छाउनी अस्पतालमा घाइते अवस्थामा रहेका भनिएका दीपेन्द्रलाई राजा घोषणा गरिएको जानकारी दिइयो । दीपेन्द्रलाई राजा बनाइएसँगै तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायवी अधिकार सुम्पियो ।

राजा वीरेन्द्रलाई अन्तिम विदाइ गर्न पनि जनताले सहजै पाएनन् । सुरक्षाकर्मीहरुको घेरामा राजपरिवारका सदस्यहरुको अन्तिम संस्कार गरिँदा धेरै नेपालीको मन कुँडियो । नेताहरुको निधनमा अन्तिम श्रद्धाञ्जलीका लागि एक÷दुई दिन अन्तिम संस्कार नगर्न मुलुकमा राजाको भने जनतालाई अन्तिम श्रद्धाञ्जली दिने अवसर समेत दिइएन ।

वीरेन्द्रको वंश जोगाएका घाइते अवस्थामा रहेका भनिएका दीपेन्द्रको पनि उपचारका क्रममा जेठ २२ गते मृत्यु भएको थियो । तर, यसअघि नै मृत्यु भइसकेका दीपेन्द्रलाई व्यर्थमा राजा घोषणा गरिएको कतिपयले आरोप लगाएका थिए । दीपेन्द्रको मृत्युपश्चात ज्ञानेन्द्रलाई राजा घोषणा गरियो ।

राजदरबार हत्याकाण्डका बेला प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाले सो घटनाको ‘ग्राइन्ड डिजाइन’ खोल्ने बेलाबेलामा चेतावनी दिने गरेका थिए । जस कारण पनि सो घटना रहस्यमय बन्न पुग्यो । तर, यसबारेमा केही नखोलिकन उनको देहान्त भयो । राजा ज्ञानेन्द्रको सक्रिय शासन कालमा केही राजनीतिक दलले नारायणहिटी राजदरबार हत्याकाण्डको सत्यतथ्य ल्याउने जनतालाई आश्वासन बाँडेपनि सत्तारोहणसँगै ती दलहरुले बिर्सन पुग्दा १६ वर्षको यो अवधिसम्म पनि रहस्य गर्भमा रहिरह्यो र रहिरहने छ । (जनतासमाचार डटकमबाट)

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले

एसईईको नतिजा सार्वजनिक

  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई)

नेपालमा सङ्घीयता किन चाहियो ?

  अनिता श्रेण्ठ नेपालमा अहिले सङ्घीयता ठिक कि बेठिक भन्ने बहस चोकचोकमा र