विचार

शेरबहादुरलाई बचाउदेऊ प्रचण्ड !

  उमेरले सात दशक पार गरेपछि शेरबहादुर देउवामाथि भ्रष्टाचारको आरोप लागेको छ र, उनी आफू भ्रष्टाचारी नभएको सफाइ दिँदै डुलिरहेका छन् । भनिन्छ, सत्तरी नाघेपछि मानिस आफ्नो इज्जत–प्रतिष्ठाप्रति ज्यादा संवेदनशील हुन्छन्, यस उमेर समूहका मानिसमा मान–सम्मानप्रतिको लालसा बढेर जान्छ ।