तपाईको मोबाइल तातेर हैरान हुनुहुन्छ अब यसो गर्नुहोस् ।



हाम्रो इकोनोमि

 

 

दिनप्रतिदिन भित्रिने अत्याधुनिक प्रविधिले स्मार्टफोन पातलिँदै छ भने डाटा प्रोसेसिङ क्षमता बढिरहेको छ । यस्तै स्क्रिन रेजोल्युशन र दृश्यको गुणस्तरसमेत उत्कृष्ट हुँदै गएको छ । प्रयोगकर्ताको बढ्दो आवश्यकता पूरा गर्दा प्रोशेसरमा अत्यधिक चाप पर्दा फोन तात्ने समस्या पैदा हुन्छ । साथै, भिडियो र मोबाइल इण्टरनेटका कारण पनि फोन तात्ने गर्छ । झन् एण्ड्रोइड प्रयोगकर्तामाझ यो समस्या कुनै नौलो कुरै होइन । तर, यसरी फोन किन तात्छ भन्ने जान्नु आवश्यक छ । फोन तात्ने समस्याका प्रमुख कारण यस्ता छन् :

 

१. लामो समयसम्म निरन्तर फोनको प्रयोग गर्दा यसको प्रोशेसरमा भार पर्ने भएकाले फोन तात्छ ।

२. स्मार्टफोन चार्जमा राख्दा विद्युतीय सञ्चारका कारण पनि फोन तात्छ ।

३. वायरलेस फोन सञ्चालनका लागि रेडियो सिग्नलको आवश्यकता पर्छ । रेडियो सिग्नलका लागि विशेष प्रणालीको ब्यवस्था गरिएका हुन्छन् । यो प्रणाली कमजोर भएमा कनेक्टिभिटीका लागि ब्याट्रीमा चाप पर्छ । यो पनि फोन तात्नुको एक प्रमुख कारण हो ।

 

साधारण रूपमा फोन तात्नु सामान्य हो । तर, अत्यधिक मात्रामा फोन तात्छ भने तापले स्मार्टफोनलाई नराम्रो असर पुर्‍याइरहेको हुन्छ । यसो भइरहेको छ भने फोनलाई सकेसम्म खल्तीमा गुम्साएर नराख्नु राम्रो मानिन्छ ।

 

सधैं तातेमा परीक्षण गराउनुहोस्
स्मार्टफोनलाई चार्जिङका लागि राख्दा धेरै तातेमा केही समयका लागि फोनको चार्जिङ बन्द गरिदिनु राम्रो हुन्छ । तर, कमजोर कनेक्टिभिटीका कारण फोन तातेमा भने यसको कुनै समाधान नभएको विशेषज्ञहरू बताउँछन् ।

 

तथापि, केही समय फोन बन्द गरेमा केही मात्रामा यो समस्या कम हुन्छ । यदि फोन हरेक समय तातो भइरहन्छ भने फोन निर्माता कम्पनी वा विक्रेतासम्म पुगी परीक्षण गराउनुपर्छ । यसो गर्दा फोनमा केही अन्य खराबी भएमा त्यो पनि जान्न सकिन्छ । यस्तो समस्याको समयमै समाधान गर्नु आवश्यक छ । किनभने यस्तो परिस्थितिमा उपकरणमा खराबी आउनुका साथै जीउधनको समेत असुरक्षा हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको...

प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना पक्राउ

     महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले...