असोज १४ बाट खसीबोका बिक्री गर्ने



हाम्रो इकोनोमि

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज १४ गतेबाट खसीबोका र च्याङग्राको बिक्री वितरण सुरु गर्ने भएको छ ।
संस्थाले यस वर्षको दशैंका लागि १ हजार खसीबोका र २ हजार च्याङ्ग्रा काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष १ हजार ५ सय खसी, बोका र १ हजार च्याङ्ग्रा बिक्री गरेको संस्थानले यस वर्ष ३ हजार बिक्री वितरण गर्ने लागेको हो । संस्थानले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्ष दशैंमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । संस्थानले टेण्डरमार्फत १३ गते काठमाडौं उपत्यकाका लागि खसिबोका, च्याङ्ग्रा ल्याउने र १४ गते बाट बिक्री वितरण सुरु गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अञ्चल प्रवन्धक रणबहादुर बुढाथोकीले बताए । खसी बोका ल्याउने तयारी पूरा भइसकेकाले १३ गते उपत्यकामा खसीबोका आइपुग्ने र १४ गतेबाट प्रक्रिया सुरु गरिने बुढाथोकीले बताए ।

संस्थानले वीरगञ्ज र तुलसीपुर बाट ५÷५ सय खसीबोका र मुस्ताङ्गबाट २ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । संस्थानले विगतमा निजी क्षेत्रले बेच्ने बजार मूल्य भन्दा प्रतिकिलो १० रुपैयाँ मूल्य घटाएर खसी बोका र च्याङ्ग्रा बिक्री गर्ने लिमिटेडका अञ्चल प्रवन्धक बुढाथोकीले जानकारी दिए ।

दशैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुन्छ । माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैं यसपटक पनि खसीबोका बिक्री गर्न लागेको संस्थानले जनाएको छ । यता, पशुपक्षी विभाग यस पटकको दशैंमा उपत्यकाभित्र मासुको अभाव नहुने जनाएको छ । विदेशबाट आयात गरीएका पशुपंक्षीको अनिवार्य पशु क्वारेन्टाइन जाँच पास हुनुपर्ने व्यवस्था लागू भएका कारण बजारमा मासुको अभाव हुने भन्दै सर्वसाधरणको गुनासो आइरहेको बेला विभागले यस्तो जनाएको हो ।

काठमाडौं उपत्यकामा दशैंमा खपत हुने ९० प्रतिशत मासुका लागि भारतबाट खसीबोका ल्याउने गरिएको छ । खसी बोकाको मासु खपतवापत वर्षेनी १० अर्ब रुपैयाँभन्दा बढी रकम भारत जाने गरेको छ भने व्यापारीहरुले उपत्यकामा तराइका २२ जिल्लालगायत सुर्खेत, सल्यान, रुकुम, दाङ, बाँके, बर्दिया, सिन्धुलीलगायतका जिल्लाबाट खसीबोका र मनाङ, मुस्ताङ, रसुवा तथा तिब्बतबाट भेडा, च्याङ्ग्रा बिक्रीका लागि ल्याउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...