राजनीति

नेपाली स्याटेलाइटले पृथ्वीको चक्कर लाउन थाल्यो, दिनमा चार पटक नेपालको आकाशमा घुम्ने

  चन्द्रसूर्यसहितको राष्ट्रिय झन्डा अंकित नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडिएको छ । अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)बाट नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो । गत वैशाख ५ मा अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको हो ।