राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा शिव कोईराला (ज्वाला )को चर्चा परिचर्चा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा अहिले शिव कोईराला ज्वालाको चर्चा परिचर्चा छ । उनी विगत लामो समयदेखि खेलकुद क्षेत्रमा लगीपरेका योद्धा मानिन्छन । वाइसिएल पृष्ठभूमिका ‘ज्वाला’ पार्टी अध्यक्ष प्रचण्डको हार्डकोर टिमभित्रका मानिन्छ । खेलकुदका गेममेकरको रुपमा चिनिने शिव कोइराला अहिले चर्चाको शिखरमा छन । अहिले उनलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बनाउनु पर्ने माग खेलकुद जगतमा नै छाएको छ ।

 

एकताको एक वर्षपछि जनसंगठन भागबण्डाको क्रममा नेकपाभित्र निक्कै माथापच्ची चल्यो । पूर्वएमाले नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल नेतृत्वको खेलक्ुद महासंघ प्रारम्भिक सूचीमा पूर्वमाओवादी केन्द्रको भागमा थियो । तर, गुट सन्तुलनका क्रममा खेलकुद मोर्चा पुरुषोत्तमकै पोल्टामा गयो र पूर्वमाओवादी केन्द्रसम्बद्ध खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ सहसंयोजक भए ।

 

यो प्रक्रियाले धेरैजसो जनसंगठनमा असहमति देखियो, खेलकुदमा पनि त्यस्तै भयो । वाइसिएल पृष्ठभूमिका ‘ज्वाला’ पार्टी अध्यक्ष प्रचण्डको हार्डकोर टिमभित्रका मानिन्छन् । सैन्य पृष्ठभूमि हुँदै शान्ति प्रक्रियालगत्तै काठमाडौंको वाइसिएल नेतृत्व गरेका उनी पहिल्यैदेखि खेलाडी हुन्, तेक्वान्दोका । अहिले पनि राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल तेक्वान्दो संघमा अध्यक्ष छन् ।

 

उनले भने म अध्यक्षबाट झरेर सहसंयोजक भएकोमा पनि गर्व गर्छु । किनभने, ऐतिहासिक एकता प्रक्रिया सम्पन्न गर्ने सन्दर्भमा मैले वा हामीले निश्चित भूमिका त पायौँ नि । सदस्यमात्रै बनाइएको भए पनि स्वीकार्नुपथ्र्यो । अब जिम्मेवारी कसरी निर्वाह गर्छु भन्ने कुराचाहिँ मुख्य हो । संयोजकका रुपमा सिनियर कमरेड आउनुभएको छ । उहाँले राजनीति गर्न थाल्दा म भर्खर जन्मिएको रहेछु । बुबाजस्तो मान्छे हुनुहुन्छ । त्यसैले उहाँबाट मैले धेरै कुरा सिक्न पाउने भएँ भनेर उत्साहित छु । उहाँले हामी छोरा पुस्ता हुँदै नाति पुस्तालाई स्थापित गर्ने, नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण गर्ने काम गर्नुहुन्छ भन्नेमा पूरै विश्वस्त छु ।

दुई पार्टीका पूर्वसंयोजकहरुलाई नै संयोजक र सहसंयोजक बनाउने नीति बन्यो । तर, विद्यार्थीमा रञ्जित तामाङ त पाँच जना उपाध्यक्ष हुँदाहुँदै उनीमुन्तिर अर्को संगठनका महासचिवको अण्डरमा आए । विद्यार्थीको केशले समाजिक सञ्जालमा भूमिका निर्वाह ग¥यो । पार्टीमा युवा र विद्यार्थीभन्दा अन्य सशक्त संगठन प्नि छन् । तर, विद्यार्थीको अलि बढी चर्चा चल्ने गर्दछ । सहसंयोजक बनिसकेपछि महासचिवबाट बन्नु वा अध्यक्ष बन्नुसँग अर्थ राख्दैन भन्ने मानेमा त्यसो भनेको हुँ । अब यी गुनासा सामाजिक सञ्जालतिर नझुल्काऔं भनेर मेरो लेबलका साथीहरुलाई सतर्क गराउन मात्र खोजेको हुँ ।

 

उनले थपे हामीले प्रचण्डपथ मान्दै÷छाड्दै फेरि माओवाद नै भन्याँै । पूर्वएमालेका साथीहरुले माक्र्सवाद र लेनिनवाद भन्नुभयो । जनताको बहुदलीय जनवाद भन्नुभयो । हामीहरुले २१ औं शताब्दीको जनवाद मान्दै यहाँ आइपुग्यौँ । अहिले पार्टी एकता भएको छ र वैचारिक मान्यताका सन्दर्भमा महाधिवेशनमा छलफल गर्ने भनिएको छ । माक्र्सवाद, लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानिएको छ । यसको दार्शनिक आधार भनेको द्वन्द्वात्मक भौतिकवाद नै हो । मूलतः सबै कम्युनिष्टहरु माक्र्सवादी, लेनिनवादी हुन् । जे होस शिव कोइराला अहिलेका खेलकुद क्षेत्रका गेममेकर हुन ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...