सातै प्रदेशको बजेट घोषणा, कुन प्रदेशको बजेट कत्रो ?



हाम्रो इकोनोमि

 

सबै प्रदेशले चालु आर्थिक वर्षको भन्दा केही ठूलो आकारको बजेट ल्याउन लागेका छन् । प्रदेश १ सरकारले करिब ४२ अर्बको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षमा उसले ३५ अर्ब २ करोडको बजेट सार्वजनिक गरेको थियो ।

प्रदेश २ को बजेट करिब ३५ अर्बको हुने गरी आर्थिक योजना मन्त्रालयले तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले २९ अर्बको बजेट ल्याएको थियो ।

त्यसैगरी प्रदेश ३ को सरकारले ४८ देखि ५० अर्बको वीचमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले ३५ अर्बको बजेट ल्याएको थियो ।

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि ३२ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । यो प्रदेशले चालु आर्थिक वर्षमा २४ अर्बको बजेट ल्याएको थियो ।

प्रदेश ५ को बजेट करिब ३४ अर्बको हाराहारीमा आउने प्रदेश मन्त्रालय स्रोतको भनाइ छ । यस प्रदेशले पहिलो आर्थिक वर्षमा २८ अर्बको बजेट ल्याएको थियो ।

कर्णाली प्रदेशले ३३ अर्बको हाराहारीमा बनेट ल्याउन लागेको छ । कर्णालीले चालु आर्थिक वर्षमा २८ अर्बको बजेट ल्याएको थियो ।

त्यसैगरी सुदुर पश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले २५ अर्बको बजेट बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...