सांसद पद माग्दै बालुवाटार पुगे एकनाथ ढकाल



हाम्रो इकोनोमि

 

लामो समय तत्कालिन नेकपा एमालेमा रहेर बिचमा पार्टी विघटन गरेका व्यक्ति सांसद पद खोज्दै बालुवाटार पुगेका छन् । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले संसदमा आाफ्नो दललाई सहभागी गराउन माग गर्नुभएको हो ।

युरोप भ्रमण सकेर स्वदेश आउँनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा भेटेर ढकालले संसदमा आफ्नो दलको प्रतिनिधित्वबारे कुरा उठाउनु भएको हो । भेटमा उहाँले गत निर्वाचनका बेला परिवार दलले तीन बुँदे सहमति गरी वाम गठबन्धनलाई सघाएको स्मरण गराएको छ ।

गत निर्वाचनमा परिवार दलले नेकपाको तत्कालीन गठबन्धनलाई सघाएबापत् संसदमा उसको दलको प्रतिनिधित्व सुनिश्चित गराउने सहमति भएको थियो । ढकालका अनुसार, त्यतिबेलाको सहमति अहिलेसम्म पनि कार्यान्वयन नभएपछि प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराइएको हो ।

उहाँका अनुसार चुनावको बेला परिवार दलले वाम गठबन्धनलाई सघाउँदै सूर्य चुनाव चिन्ह लिएर लड्ने र त्यसबापत प्रतिनिधि सभामा परिवार दलको प्रतिनिधित्व गराउने सहमति भए पनी अहिलेसम्म कार्यान्वयन भएको छैन । आफुले यही विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको ढकालले जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्री ओलीले पार्टी सचिवालयमा छलफल गरे जानकारी गराउँने आश्वासन दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...