अन्तिम तयारी सहित देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद बिस्तारलगायत विषयमा उनीहरूबीच आज बिहान छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ।