प्रहरी र हामीमाथिको आक्रमणमा प्रचण्ड-माधवको पार्टी संलग्न देखियो : ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशविरुद्ध आन्दोलनका क्रममा आफू र प्रहरी सुरक्षाकर्मीमाथिको भौतिक हमलामा प्रचण्ड-माधवका कार्यकर्ता संलग्न रहेको दाबी गरेका छन् । एमाले इलाम जिल्ला अधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठक उद्घाटनका लागि इलाम जाने क्रममा पूर्वप्रधानमन्त्री ओलीलाई आन्दोलनकारीले अवरोध प्रयास गरेका थिए । त्यसक्रममा प्रहरी सुरक्षाकर्मी घाइते भएका छन् । अध्यक्ष ओलीले प्रहरीलाई हड्डी भाँच्ने क्रममा पक्राउ परेकाहरूको समर्थनमा माओवादी र नेकपा एसका नेताहरू छुटाउँछौ भन्दै गएको बताए । अध्यक्ष ओलीले एमालेले सहनुको अर्थ कमजोर भएर होइन भन्दै प्रतिकार गर्नुपरेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

ओलीले भने, ‘हिजो ढुंगामुढा गर्ने ज्यान मार्ने उद्योग गर्नेहरू को हुन् ? प्रदेशको नाम के राख्ने कोशी राख्ने कि सगरमाथा राख्ने ? ड्यूटीमा खटिएको प्रहरी हवल्दारलाई के मतलब ? जागिर खाएर ड्यूटीमा बसेका मान्छेको टाउको फुटाउने आतंककारी हुन् । अर्को हवल्दारको हड्डी भाँचिएको छ । यो राजनीति हो ? यिनीहरूले हो कोशी प्रदेश बनाएको ? यी मान्छेहरूलाई समाउँदा प्रचण्ड र माकुनेका मान्छे कुदेर पुगेछन् छुटाउँछौ भन्दै ।’ अध्यक्ष ओलीले कोशी प्रदेशमा भइरहेका अराजक घटनाहरुमा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखिएको भन्दै आफूहरू सरकारको व्यवहार हेरिरहेको बताए ।

ओलीले भने, ‘यी घटनामा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखियो । हामी सरकारको व्यवहार हेर्छौं । हामी कसैसँग निहुंँ खोज्न जाँदैनौं, झगडा गर्न जाँदैनौं । तर, अति भयो भने जवाफी कारबाही गर्नुपर्ने हुन्छ । त्यो अलिकति महँगो पर्न सक्छ । जो प्रहरी भाइहरु घाइते भएर अस्पतालमा भर्ना भएका छन् उनीहरूमाथिको आक्रमणमा प्रचण्ड-माधवका कार्यकर्ता संलग्न छन् । अध्यक्ष ओलीले आफूलाई इलाम नजान समेत धम्की आएको भन्दै हिम्मत भए सामुन्ने पर्न चेतावनी दिए । बैठकमा उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेता सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...