नेपाल एयरलाइन्सले गुल्मीबाट नियमित उडान गर्ने



 

 

गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सले शुक्रबार परीक्षण उडान गरेको छ । योसँगै यहाँबाट अब अब नियमित उडान सुरु हुने अपेक्षा गरिएको छ । यसअघि २०७५ र गत पुस २४ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेको थियो । अब वायुसेवा निगम नेपाल एयरलाइन्सले नियमित उडान सुरु गर्ने जनाएको छ ।

आज विहान साढे ६ बजे नेपाल एयरलाइन्सको जहाज गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । प्राविधिक टोलीसहित भएको उडानपछि नेपाल एयरलाइन्सले अब नियमित उडान अनुमति माग्ने र त्यसका साथै व्यावसायिक उडानका लागि टिकट खुला गरिने बताइएको छ। आज परीक्षण उडान सफल भएकाले अब उक्त रिपोर्ट बुझाएपछि व्यावसायिक उडानका लागि अनुमति पाउने र त्यसपछि नियमित उडान हुनेछ । नेपाल एयरलाइन्स नियमित उडान गर्न तयार रहे पनि प्रक्रिया पूरा गर्न भने बाँकी छ ।

रेसुंगा विमानस्थलको ०६३ सालमा शिलान्यास गरिएको थियो। ०७१ सालबाट नियमित काम भएर ०७५ सालमा कच्ची धावनमार्गमा परीक्षण उडान उडान गरिएको थियो । विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ । एक सय १६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो विमानस्थलमा १८ सिटे जहाजले उडान गर्न सक्छ। विमानस्थलको योजनाकर्ता पूर्वपर्यटनमन्त्री प्रदीप ज्ञवालीले नेपाल एयरलाइन्सको उडानसँगै लामो समय कुरेको गुल्मेलीको एउटा सपना पूरा भएको जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

शिक्षक महासंघले भन्यो : निजी विद्यालय पनि बन्द गरौ

    शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह