नेपाल एयरलाइन्सले गुल्मीबाट नियमित उडान गर्ने



हाम्रो इकोनोमि

 

 

गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सले शुक्रबार परीक्षण उडान गरेको छ । योसँगै यहाँबाट अब अब नियमित उडान सुरु हुने अपेक्षा गरिएको छ । यसअघि २०७५ र गत पुस २४ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेको थियो । अब वायुसेवा निगम नेपाल एयरलाइन्सले नियमित उडान सुरु गर्ने जनाएको छ ।

आज विहान साढे ६ बजे नेपाल एयरलाइन्सको जहाज गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । प्राविधिक टोलीसहित भएको उडानपछि नेपाल एयरलाइन्सले अब नियमित उडान अनुमति माग्ने र त्यसका साथै व्यावसायिक उडानका लागि टिकट खुला गरिने बताइएको छ। आज परीक्षण उडान सफल भएकाले अब उक्त रिपोर्ट बुझाएपछि व्यावसायिक उडानका लागि अनुमति पाउने र त्यसपछि नियमित उडान हुनेछ । नेपाल एयरलाइन्स नियमित उडान गर्न तयार रहे पनि प्रक्रिया पूरा गर्न भने बाँकी छ ।

रेसुंगा विमानस्थलको ०६३ सालमा शिलान्यास गरिएको थियो। ०७१ सालबाट नियमित काम भएर ०७५ सालमा कच्ची धावनमार्गमा परीक्षण उडान उडान गरिएको थियो । विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ । एक सय १६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो विमानस्थलमा १८ सिटे जहाजले उडान गर्न सक्छ। विमानस्थलको योजनाकर्ता पूर्वपर्यटनमन्त्री प्रदीप ज्ञवालीले नेपाल एयरलाइन्सको उडानसँगै लामो समय कुरेको गुल्मेलीको एउटा सपना पूरा भएको जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...