राजनीति

प्रधानमन्त्रीलाई प्रतिनिधिसभाका १५७ सांसदको विश्वास

     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा दाहालले १५७ जना सांसदको विश्वास पाए । जम्मा २६८ सांसदले भोट हालेका थिए । दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ ।