बागमती प्रदेशमा एमालेको सशक्त दाबी : सांसद थापा



 

 

नेकपा एमालेका नेता एवं बागमती प्रदेशका सांसद जयराम थापाले देशको राजनितिक अबस्था परिबर्तन भएसंगै एमाले सहित नयँ बामपन्थीहरुको गठबन्धनको केन्द्रमा सरकार बनेको र प्रदेशहरुमा पनि नयाँ सरकार बन्ने तरखरमा रहेको बताउनु भएको छ । हाम्रो इकोनोमीसँग कुरा गर्दै वहाँले सत्ता समीकरण फेरिएसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरू भएको र कांग्रेस माओवादीको गठबन्घन टुटेपछि बनेको लोकतान्त्रीक बाम गठबन्घनको सरकारले नै देश बिकास गर्ने कुरामा जनता ढुक्क रहेको बताएका छन । केन्द्रीय गठबन्धनमा भएका दलमध्ये बागमती प्रदेशसभामा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको मात्र सहभागिता रहेको र बागमती प्रदेशसभामा एमालेको सर्मथनमा माओबादीका शालिकराम जम्मकट्टेल मुख्यमन्त्री भएको बताए ।

वहाँले एक बर्ष मुख्यमन्त्री भएर काम गरीसकेको र केन्द्रको राजनितिक परिर्बतन सँगै बागमती प्रदेशको सरकार पनि परिबर्तन हुन जरुरी भएको बताएका छन । उनले अब बागमती प्रदेशको मुख्यमन्त्री एमालेले पाउनुपदर्छ, बागमती प्रदेशमा नेकपा एमालेले यसकारण नेतृत्व लिनपर्छ कि संघियतालाई कार्यान्यन गर्दै बागमती प्रदेशलाई मौलिक प्रदेशको रुपमा विकास गनुपर्ने बताएका छन । उनले भने बागमती प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस केही दिन सरकार बनाउने कसरतमा लागेपनि नेकपा एस एमाले-माओवादीसहितको गठबन्धनमा सामेल भएपछि अहिले त्यो च्याप्टर क्लोज भइसकेको छ । अब बागमती प्रदेशमा एमाले ले नै मुख्यमन्त्री लिएर नेतृत्व गर्नुपर्ने बेला भएको छ । बागमती प्रदेशको तमाम बिकासको लागी अहिले एमालेको नेतृत्व नै अपरिहार्य र ससक्त भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्