बागमती प्रदेशमा एमालेको सशक्त दाबी : सांसद थापा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता एवं बागमती प्रदेशका सांसद जयराम थापाले देशको राजनितिक अबस्था परिबर्तन भएसंगै एमाले सहित नयँ बामपन्थीहरुको गठबन्धनको केन्द्रमा सरकार बनेको र प्रदेशहरुमा पनि नयाँ सरकार बन्ने तरखरमा रहेको बताउनु भएको छ । हाम्रो इकोनोमीसँग कुरा गर्दै वहाँले सत्ता समीकरण फेरिएसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरू भएको र कांग्रेस माओवादीको गठबन्घन टुटेपछि बनेको लोकतान्त्रीक बाम गठबन्घनको सरकारले नै देश बिकास गर्ने कुरामा जनता ढुक्क रहेको बताएका छन । केन्द्रीय गठबन्धनमा भएका दलमध्ये बागमती प्रदेशसभामा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको मात्र सहभागिता रहेको र बागमती प्रदेशसभामा एमालेको सर्मथनमा माओबादीका शालिकराम जम्मकट्टेल मुख्यमन्त्री भएको बताए ।

वहाँले एक बर्ष मुख्यमन्त्री भएर काम गरीसकेको र केन्द्रको राजनितिक परिर्बतन सँगै बागमती प्रदेशको सरकार पनि परिबर्तन हुन जरुरी भएको बताएका छन । उनले अब बागमती प्रदेशको मुख्यमन्त्री एमालेले पाउनुपदर्छ, बागमती प्रदेशमा नेकपा एमालेले यसकारण नेतृत्व लिनपर्छ कि संघियतालाई कार्यान्यन गर्दै बागमती प्रदेशलाई मौलिक प्रदेशको रुपमा विकास गनुपर्ने बताएका छन । उनले भने बागमती प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस केही दिन सरकार बनाउने कसरतमा लागेपनि नेकपा एस एमाले-माओवादीसहितको गठबन्धनमा सामेल भएपछि अहिले त्यो च्याप्टर क्लोज भइसकेको छ । अब बागमती प्रदेशमा एमाले ले नै मुख्यमन्त्री लिएर नेतृत्व गर्नुपर्ने बेला भएको छ । बागमती प्रदेशको तमाम बिकासको लागी अहिले एमालेको नेतृत्व नै अपरिहार्य र ससक्त भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस
रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन : कुलमान

     उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको आशा र भरोसा...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको...