सक्नुहुन्छ भने एमालेसँग मिल्नुस् : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरूलाई मिल्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सबै दलहरू मिले पनि आफू प्रतिपक्षमा बस्न तयार रहेको बताए । उनले भने( गठबन्धन बन्ने र भत्किने प्रक्रिया चलिरहेको तर मलाई प्रेसर दिन हो या अलि बढी पोलिटिकल्ली घोचपेच गर्न खोजेजस्तो महसुस भएको छ । ठूला दलहरू मिल्यौँ भने तेरो हालत के हुन्छ, भनेर पहिला पनि भनियो आज पनि भनियो मेरो कामना छ तपाईँहरू मिल्नुस् सबै मिल्नुस् तपाईँहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र संविधानको पक्षको राष्ट्रियताको पक्षमा लडिराख्छ। तपाईंहरुलाई लागेको छ प्रचण्ड डराउँछ भनेर कांग्रेसका नेता साथीहरूलाई हिजो त तपाईँहरू सबै मिलेर टाउको काट्न लागेको हो नि त । डराउँछ माओवादी केन्द्र भन्ने लागेको छ । त्यस्तो हुँदैन । सक्नुहुन्छ मिल्नुस् । उनले गठबन्धन गर्न दलहरू स्वतन्त्र हुने भएकाले राजनीतिक रूपमा फाइदा भए गर्ने हो नभए नगर्ने उनको भनाइ छ । उनले गृहमन्त्री रवि लामिछानेको आलोचना गरेकोप्रति पनि आक्रोश पोखे । उनले थपे- तीनैलाई तपाईँहरू प्रधानमन्त्री बनाउन हिँडिरहेको पनि देखेकै हो नि । यति धेरै डबल स्ट्यान्डरको कुरा हामी किन गर्ने ? आफूतिर आए प्रधानमन्त्री बनाउन तयार नआए भ्रष्टाचार, मुद्दा परेको कारबाही गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...