सबै राजनीतिक दल मिलेर देशको विकासमा लागौ : ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देश समस्याग्रस्त रहेको बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले देश समस्याग्रस्त रहेकाले सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभएको हो । देशलाई आर्थिक उन्नतिमा लैजानुपर्ने भन्दै उहाँले सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो । अघिल्लो वर्ष विश्वासको मत दिन हुने यस वर्ष दिन नहुने भन्ने हुँदैन भन्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन कांग्रेससँग आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत माग्ने प्रस्तावको समर्थन गर्दै उहाँले प्रचण्ड सरकारले देश र जनताका लागि काम गर्ने भएकाले विश्वासको मत दिन अन्य दलका सांसदहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...