प्रधानमन्त्रीलाई विश्वासको मत दिनुस् : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा भोलि दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई निर्दशन दिएका छन् । पार्टी संसदीय दलको मंगलबार बसेको बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले अहिले राम्रो काम गरेको बताए । ‘प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गरेको हुनसक्छ, तर अहिले एकदम राम्रो काम गर्नुभयो’, एकडेढ वर्ष आफ्नो पदका लागि कुनै खतरा नभए पनि गठबन्धन बदल्ने निर्णय गरेको भन्दै उनले भने, ‘अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो । यदि भोलि प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जाने उनले बताए । ‘बेष्ट अप्सन हो कि होइन भन्ने छोडिदिऊँ’ उनले भने, ‘यतिबेला अर्को कुनै अप्सन छैन । कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त ७६(३) अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ भोलि । अल्पमतको सरकार अयोग्य, स्वाभिमानहीन भवितव्यले आइलागेको हुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन : कुलमान

     उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको आशा र भरोसा...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको...