राजनीति

डाक्टरहरुले सरकारलाई दिए यस्तो खतरा चेतावनी,पेशा परिवर्तन या देशै छोड्न सक्ने

  उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा डाक्टरलाई जेल हाल्ने पछिल्लो कानुनी व्यवस्थाप्रति चिकित्सकहरुले आपत्ति जनाएका छन् । भदौ १ गतेबाट कार्यान्वयनमा आउने मुलुकी संहिताको यो कानुनी व्यवस्था संशोधन नभए डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनीसमेत सरकारलाई दिएका छन् ।