वादलको निर्देशनमा विप्लवका कार्यकर्ता खोजी खोजी पक्राउ, पोखरामा थप दुई समातिए



हाम्रो इकोनोमि

गृहमन्त्री राम बहादुर थापा वादलको निर्देशनमा नेत्र विक्रम चन्द विप्लवको नेतृत्वका कार्यकर्ताहरुलाई प्रहरीले खोजी खोजी पक्राउ गर्ने क्रम जारी राखेको छ।

 

यो हप्तामै काठमाडौं उपत्यकाबाट पार्टी प्रवक्ता खड्ग वहादुर विश्वकर्मा प्रकाण्ड सहित करिव एक दर्जन कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले पोखरामा पनि थप दुईलाई पक्राउ गरेको छ।

 

शनिवार नै नेपाल कम्युनिष्ट पार्टी कास्कीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्ने नेकपा कार्यकर्ताहरुमा क्रान्तिकारी भूमीहिन सुकुम्बासी संघ कास्कीका अध्यक्ष टिकाराम घिमिरे र अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटी सम्मेलन आयोजक कमिटी सदस्य सागर काफ्ले रहेको पत्रकार ओम हमालले जानकारी दिएका छन्। उनीहरुमध्ये घिमिरेलाई वडा प्रहरी कार्यालय बैदाम र काफ्लेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको प्रहरीले जानकारी दिएको छ।

 

गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु आपराधिक गतिविधिमा रहेका कारण पक्राउ गरिएको बताएका छन्। शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरिएको बताएका थिए।

 

“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उनले भनेका थिए। मन्त्री थापाले भनेका थिए, “म गृहमन्त्री हुँ, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।”

 

विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको मन्त्री थापाको भनाई थियो। सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिक र प्रशासनिक रुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...