डा. केसीले प्रधानमन्त्रीलाई भने-१६ औं अनसन बस्नु नपरोस् भन्दै यस्तो दिए चेतावनी



हाम्रो इकोनोमि

 

डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्ने बताएका छन् । त्यसमा तोडमोड गरे १६ औं अनसन बस्ने उनको चेतावानी छ ।

प्रधानमन्त्रीलाई भेट्न डा. केसी आफ्नो वार्ता टोलीसहित बालुवाटार पुगेका थिए । भेटमा चिकित्सा शिक्षाबारे छलफल भएको छ ।

डा. केसीले आफूसँग भएको सम्झौता अनुसार नै विधेयक पास हुनु पर्ने बताएका छन् । नभए १६ औं अनसन बस्ने उनले बताए ।

 

प्रधानमन्त्री ओलीले भने सहमतिअनुसार संशोधन दर्ता भएको र त्यो पास हुने आश्वासन दिएका छन् । साथै उनले अन्य सहमति कार्यान्वयनका लागि डा. केसी समेत संलग्न भएको कमिटी बनाउने प्रस्ताव गरेका छन् ।

 

तर, डा. केसीले भने आफू नबस्ने बताएका छन् । ‘हामीले अरुलाई पनि विश्वास गर्नुपर्छ । कमिटी बनाउने हो भने हाम्रो प्रतिनिधि राख्नु भए हुन्छ’ उनले भने ।

 

बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सरकार अन्य महत्वपूर्ण काममा अल्झेकाले तत्काल समहती कार्यान्वयन गर्न नसकेको र केही समय पछि सहमती अनुसार नै काम गर्ने विश्वास दिलाए ।

 

चिकित्सा शिक्षा सुधारका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएपछि डाक्टर केसीले प्रधानमन्त्रीलाई भेटेरै अनशन तोडेका बेला गरेका सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् ।

 

‘सम्झौता तोडमोड गरेमा वा कार्यान्वयन नगरेमा १६ औं अनशन बस्छु’ प्रधानमन्त्रीसँगको वार्तामा डाक्टर केसीले भने, ‘सम्झौता हुबहु संसदबाट पारित गर्नुपर्छ ।’

 

१५ औं अनशन बसेका डाक्टर केसीलाई साउन १० गते अनशन तोडाउने बेला सरकारले काठमाडौं उपत्यकाभित्र १० वर्ष नयाँ मेडिकल कलेज नखोल्ने जस्ता ९ बुँदामा सम्झौता गरेको थियो ।

 

उक्त सम्झौता भएको १६ दिन भइसक्दा पनि सरकारले कार्यान्वयन नगरेको भन्दै डाक्टर केसीले प्रधानमन्त्रीलाई भेटेका हुन् । केसीले राखेका माग हल गर्न कार्यदल नै बनाउने सरकारले बताए पनि काम सुरु गरेको छैन

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...