वातावरण संरक्षणका विधि र पद्धतिमा सुशासन पहिलो शर्त हुनुपर्छ : मन्त्री बस्नेत



हाम्रो इकोनोमि

 

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनतालाई केन्द्रमा राखेर प्राकृतिक स्रोत साधनको संरक्षण र उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

 

सामुदायिक वन राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित सम्मान तथा पुरस्कार समारोहमा उहाँले भन्नुभयो, “मुलुकप्रति जिम्मेवार भएर जनतालाई अझ बढी लाभ हुने गरी वातावरण संरक्षणका कार्यक्रम अघि बढाउन सक्नुपर्छ ।”

 

मन्त्री बस्नेतले वातावरण संरक्षणका विधि र पद्धतिमा सुशासन पहिलो शर्त हुनुपर्नेमा जोड दिदैं समाजको बदलिँदो आवश्यकता र आकांक्षाअनुरुप गरिने संरचनागत र नीतिगत व्यवस्था परिमार्जन गर्न कोही विचलित हुनु हुँदैन भन्नुभयो ।

 

मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले सङ्घीयताअनुसार वन नीति र संरचना परिमार्जन गर्ने क्रममा रहेको उल्लेख गर्दै त्यसक्रममा उत्पन्न हुने सामुदायिक वन उपभोक्ता समूहका माग पनि सम्बोधन गरिने धारणा व्यक्त गर्नुभयो ।

 

राष्ट्रिय वन नीति तर्जुमाको क्रममा रहेको र सो नीतिले तीनै तहका सरकारबीच वन अधिकारका विषयलाई मार्गनिर्देशन गर्ने उहाँले बताउनुभयो । वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा रामप्रसाद लम्सालले चार दशकदेखि लागू भएको सामुदायिक वनको सफलताबारे चर्चा गर्दै बदलिँदो सामाजिक परिवेशअनुसार त्यसबाट प्राप्त उपलब्धिका बारेमा पनि समीक्षा गर्नुपर्ने बेला आएको छ भन्नुभयो ।

 

सामुदायिक वन महाशाखाका उपमहानिर्देशक डा अनुपराज शर्मा, रानीबारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोषविक्रम शाह, सामुदायिक वन अभियन्ता आनन्दसागर तिमिल्सिना, वरिष्ठ पत्रकार भैरव रिसाललगायतले विश्वमा नेपाललाई चिनाएको सामुदायिक वनलाई मुलुकको समृद्धिमा सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा वन संरक्षणमा उत्कृष्ट काम गरेबापत गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार पाल्पा अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूह ९प्रथम०, अर्घाखाँची धिरीखोला सामुदायिक वन उपभोक्ता समूह (द्वितीय) र जनकल्याण सामुदायिक वन उपभोक्ता समूह ९तृतीय० लाई प्रदान गरेको छ । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु एक लाख, रु ७५ हजार र रु ५० हजार नगद प्रदान गरिएको छ ।

 

त्यस्तै कबुलियती वन राष्ट्रिय पुरस्कारबाट पाँचथर ठाडो नागी कबुलियती वन समूह९प्रथम०, नवलपरासी शीतलपोखरी कबुलियती वन समूह ९द्वितीय० र प्यूठान हार्वुङ्गदीप कबुलियती वन समूह(तृतीय) लाई सम्मान गरेको छ । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु एक लाख, रु ७५ हजार र रु ५० हजार प्रदान गरिएको छ ।

 

समाचारको माध्यमबाट सामुदायिक वन संरक्षणमा योगदान पु¥याएबापत कान्तिपुर दैनिकका पत्रकार अब्दुल्ला मिँया र ९गोरखापत्र० दैनिकका कोकिला भण्डारीलाई सामुदायिक वन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

 

मुलुकमा हालसम्म २२ हजार २६६ सामुदायिक वन छन्, जसमा २९ लाख सात हजार ८७१ घरधुरी सङ्ख्या सहभागी छन् । सिन्धुपाल्चोकको ठोकर्पाको वनबाट विसं २०३० देखि सामुदायिक वनको अवधारणा शुरु भएको हो ।

 

‘सामुदायिक वनको पहिचान, सङ्घीयतामा समृद्धिको अभियान’ भन्ने नारासहित यस वर्ष विभिन्न कार्यक्रमका साथ सामुदायिक वन राष्ट्रिय दिवस बिहीबारदेखि तीन दिनसम्म मनाइँदैछ ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...