पञ्चायती (गाँउका भद्रभलाद्मीको सभा) मै युवतीलाई सार्वजनिक रुपमा बलात्कार गर्न पाउनुपर्ने माग उठेपछि बलात्कारको विरोध गर्दा राष्ट्रिय सभाका सांसद कुटिएका छन् । सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य रामप्रित पासवानमाथि कुटपिट भएको हो ।