देउवालाई शशांकले यसरी हप्काए, दुई महिनामा नेविसंघको महाधिवेशन हुन्छ ?



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेविसंघको म्याद दुई महिना थप्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । २ महिना भित्र नेविसंघको महाधिवेशन गराउन सम्भव नरहेको उनको निष्कर्ष छ ।

 

आइतबार कांग्रेसले नेविसंघको विधान संशोधन गर्दै वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गरेको थियो ।

 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरु कुरा गर्दै महामन्त्री कोइरालाले आफू नेविसंघलाई महाधिवेशन गर्न ६ महिना दिने पक्षमा रहेको बताए । आइतबार बैठकमा अनुपस्थित रहेका कोइरालाले पार्टी सभापति देउवालाई प्रश्न गरे, ‘२ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव छ ?

 

फागुनमा स्ववियूको निर्वाचनपछि नेविसंघको महाधिवेशन गर्ने निर्णय गरेको भए उपयुक्त हुने उनको तकृ छ ।

 

महामन्त्री कोइरालाले पार्टीको महासमिति बैठक सार्न नहुने धारणा राखे । आगामी मंसिर २८ गतेबाट सुरु हुने भनि गरिएको निर्णय अनुसार नै महासमिति बैठक बस्नुपर्ने उनको अडान छ । महामन्त्री कोइरालाले पार्टीको विधान निर्माणमा गम्भिर भएर लाग्न पनि विधान संशोधन मस्यौदा समितिलाई सचेत गराए ।

विराटनगर नेकपाका प्रभावशाली नेता कांग्रेस प्रवेश, नेकपामा पर्यो नेतृत्व संकट

दुई दशक बढि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका नेता बाबुराजा आेझा २०७० मा संविधानसभाको टिकट नपाएको झोकमा माआेवादी प्रवेश गरेपनि फेरि कांग्रेसमै फर्किएका छन् ।

 

२२ वर्षे लामो राजनीतिक जीवनलाई कम्युनिष्ट विचारमा परिवर्तन गर्छु भन्दै तत्कालीन एमाआेवादी प्रदेश गरेका आेझा मोरङ क्षेत्र नं ६ बाट संविधानसभा सदस्यको उम्मेदवार समेत बनेका थिए । तर, पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यसँग उनी पराजित हुन पुगेका थिए ।

 

कांग्रेसको झण्डामुनि रहेर लामो समय काम गरेका आेझालाई जीपी कोइराला फाउन्डेसनले आइतवार विराटनगरमा गरेको कार्यक्रममा कोइराला परिवारका तीन नेताले पार्टीमा भित्र्याएका हुन् । आेझालाई तीन कोइराला शेखर, शशांक र सुजाताले पार्टीमा स्वागत गर्दै जनताको अधिकार र प्रजातन्त्रका लागि कटिबद्ध भएर लाग्न अनुरोध गर्दै भब्य स्वागत समेत गरेका छन् ।

महाधिवेशन गर्न नेविसंघलाई तीन महिना थप, पौडेल र सिटौलाले भने हामी मान्दैनौ

काँग्रेसले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिलाई नै म्याद थप गरेर महाधिवेशन गर्न निर्देशन दिने भएको छ ।

 

वर्तमान कार्यसमितिको म्याद छोटो समय थपेर अधिवेशन गराउने जिम्मेवारी दिन सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भैसकेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

 

प्रवक्ता शर्माका अनुसार सहमतिमै दुवै नेता वर्तमान कार्यसमितिलाई अधिवेशन गर्ने जिम्मा दिन तयार भएका हुन् ।

 

‘दुवै नेता (देउवा र पौडेल) बीच नेविसंघको वर्तमान कार्यसमितिको म्याद थपेर अघि बढ्न सहमत हुनुभएको छ । आज बस्ने केन्द्रीय समिति बैठकले निर्णय सार्वजनिक गर्छ,’ प्रवक्ता शर्माले रातोपाटीलाई बताए ।

 

प्रवक्ता शर्माले बढिमा तीन महिनाभित्र अधिवेसन हुनेगरी मिति तय गर्ने पनि जनाए । नेविसंघको विधानअनुसार यसअघि २ वर्ष गुजारेर तीन महिना थपिएको म्याद पनि आजैबाट सकिँदैछ ।

 

थपिएको समयमा समेत संघको अधिवेशन गर्न नसकेको भन्दै नेविसंघका वर्तमान अध्यक्ष नैनसिंह महरविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेविसंघका नेताकार्यकर्ताले असन्तुष्टि जनाउदै आएका छन् ।

 

नेविसंघबारे निर्णय गर्न शनिबार बोलाएको काँग्रेस केन्द्रीय समिति बैठकमा सहमति जुट्न नसकेपछि आज बस्ने बैठकले निर्णय गर्न लागेको हो ।

 

नेविसंघले यसअघि १२ औं महाधिवेशन गर्न विधान स्वीकृतिका लागि माउ पार्टी काँग्रेसलाई बुझाएपनि संस्थापन पक्ष र इतर समूहबीचको विवादका कारण उमेर हदबाहेक अन्य बुँदाहरु पारित हुन सकेका थिएनन् ।

 

पारित उमेरहदको निर्णयमा पनि रामचन्द्र पौडेल, नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसी लगायतले नोट अफ डिसेन्ट जनाएका थिए ।

 

नेसिंघको पारित हुन विधानका बाँकी विषयमा पनि आजको केन्द्रीय समितिमा छलफलका हुने काँग्रेस प्रवक्ता शर्माले जानकारी दिए ।

 

नेविसंघको महाधिवेशन समयमा हुन नसकेपछि सभापति शेरबहादुर देउवापक्ष पुरानै कार्यसमितिलाई म्याद थपेर महाधिवेशन गराउने पक्षमा उभिएको थियो भने रामचन्द्र पौडेलपक्ष विधानअनुसार वर्तमान कार्यसमिति भंग गरेर तदर्थसमिति गठन गरी तदर्थ समितिलाई निर्वाचन गर्ने जिम्मा दिनुपर्ने पक्षमा उभिएको थियो ।

नेविसंघको म्याद फागुनसम्म थपिदै, म्यादथपका विषयमा पौडेल र देउपा पक्षबिच विवाद

विधान संशोधन मस्यौदा समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेका कारण नेपाली कांग्रेसको महासमितिको बैठक अझै अन्योलमा छ । यसअघि मंसिरको पहिलो साता बस्ने गरी महासमिति बैठकको मिति तय गरिएको थियो ।

 

तर, विधान मस्यौदा समितिले प्रतिवेदन नबुझाएको भन्दै मंसिर २९ देखि पुस ३ गतेसम्मका लागि सारियो । तर, त्यो मितिमा पनि महसमितिको बैठक बस्ने सम्भावना कमजोर भएको नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

 

सभापति देउवा पक्ष वर्तमान केन्द्रीय समितिलाई नै कम्तीमा स्ववियु निर्वाचन सम्पन्न नभएसम्मका लागि तन्काउने रणनीतिमा छ । देउवाको यो रणनीतिलाई साथ दिने कि नदिने ? भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेल पक्षमा विवाद छ ।

 

पार्टी सभापति शेरबहादुर देउवाले मंसिर १ गते शनिबारका लागि बोलाएको केन्द्रीय समितिको आकस्मिक बैठकमा महासमितिको तयारीबारे छलफल हुने अनुमान गरिएको थियो । तर, नेविसंघको संकट समाधानबाहेक बैठकमा अरू एजेन्डा नरहेको उपसभापति विमलेन्द्र निधिले जनाएका छन् ।

 

नेपाली कांग्रेसको मुख्य भ्रातृ संस्थाका रूपमा रहेको नेविसंघको वर्तमान केन्द्रीय समितिको म्याद मंसिर २ गते समाप्त हुँदै छ । तत्काल १२औँ महाधिवेशन हुन नसक्ने र साबिकको केन्द्रीय समितिको म्यादसमेत सकिने अवस्था भएकोले आवश्यक छलफलका लागि पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको उपसभापति निधिको भनाइ छ ।

 

नेविसंघको वर्तमान कार्यसमितिको म्याद गत भदौ २ गते सकिएको थियो । आपतकालीन अवस्थामा तीन महिना थप्न सकिने वैधानिक प्रावधानअन्तर्गत मंसिर २ गते सम्मका लागि तन्काइएको थियो । त्यो म्याद पनि अब सकिँदै छ । आगामी फागुनमा स्ववियु निर्वाचन हुन गइरहेका कारण नेविसंघको संकट तत्काल समाधान गर्नुको विकल्प नेपाली कांग्रेससँग छैन ।

 

तर, संकट समाधान कसरी गर्ने ? भन्ने विषयमा कांग्रेसभित्र विवाद जारी छ । सभापति शेरबहादुर देउवा पक्ष वर्तमान केन्द्रीय समितिलाई नै कम्तीमा स्ववियु निर्वाचन सम्पन्न नभएसम्मका लागि तन्काउने रणनीतिमा छ । देउवाको यो रणनीतिलाई साथ दिने कि नदिने ? भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेल पक्षमा विवाद छ ।

 

गत आम निर्वाचनपछि पौडेल पक्षमा लागेका नेता कृष्णप्रसाद सिटौला वर्तमान केन्द्रीय समितिकै म्याद थप्नुपर्ने पक्षमा छन् । ११ औँ महाधिवेशनमा देउवासँग समीकरण गरेका कारण महामन्त्रीलगायत केही महत्वपूर्ण पदमा सिटौलाका कार्यकर्ता छन् । वर्तमान समिति भंग भई तदर्थ समिति बनेको अवस्थामा आप्mनो यो हैसियत समाप्त हुने डर सिटौलालाई छ ।

 

सिटौलाको यो डर स्वाभाविक पनि हो । अर्कोतिर सिटौला समूह सामेल भएका कारण नेविसंघको वर्तमान केन्द्रीय समितिमा पौडेल पक्षको बहुमत छ । अब तदर्थ समिति गठन गर्दा सभापति देउवाले एकलौटी गर्ने सम्भावना रहेको भन्दै पौडेल पक्षकै कतिपय नेताहरूले वर्तमान केन्द्रीय समितिलाई नै निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।

 

सभापति देउवा भने वर्तमान केन्द्रीय समितिलाई निरन्तरता दिनु परे पनि राजी छन्, विकल्पमा तदर्थ समिति गठन गर्नुपरे पनि राजी छन् । आप्mनो बहुमत हुने गरी तदर्थ समिति गठन गर्न देउवालाई कुनै पनि शक्तिले रोक्ने अवस्था छैन ।

 

यसैगरी, दुई वर्षअघि महाधिवेशन सम्पन्न भएको नेपाल तरुणदल पनि संकटमा गुज्रिरहेको छ । ९५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था नेपाल तरुणदलको विधानमा छ । तर, विगत २ वर्षदेखि ४ जना पदाधिकारी मात्रै छन् । तरुणदलको म्याद अब एक वर्ष मात्रै बाँकी छ ।

 

 

यस विषयमा पनि छलफल हुनुपर्ने माग पार्टीभित्र उठिरहेको छ । तरुणदलको केन्द्रीय समितिमा नेतापुत्रहरू ल्याउने सहमति देउवा र पौडेलबीच भएको थियो । त्यो सूचीमा देउवाका छोरा जयवीर सिंह, पौडेलका छोरा चिन्तन र प्रकाशमान सिंहका छोरा प्रभाषमान लगायतको नाम थियो ।

 

तर, पूर्वअध्यक्ष बालकृष्ण खाण यो सहमतिको विपक्षमा उत्रेका कारण तरुणदलको केन्द्रीय समितिलाई पूर्णता नदिइएको समाचार स्रोतले जनाएको छ । २(२ वर्षसम्म तरुणदलको कन्तविजोग हुँदा पनि वरिष्ठ नेता पौडेलले मुख नखोल्नुको कारणलाई धेरैले रहस्यमय रूपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...