मुख्य खबर

भारतको औषधि उद्योगमा विस्फोट, १७ जनाको मृत्यु

    भारतको आन्ध्र प्रदेशमा औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सवा २ बजे आन्ध्रा प्रदेशको अनाकापल्ली जिल्लामा रहेको इसेन्सिया एड्भान्स साइन्सेस प्लान्टमा विस्‍फोट हुँदा १७ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।