सर्वोच्चमा आजको आजै सुनुवाइ नहुने, देउवा कांग्रेस संकटमा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर आजै रिटमाथि सुनुवाइको आग्रह गरेका छन् । तर, सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आज सम्भव नहुने जवाफ दिएपछि नेताहरू बिलखबन्दमा परेका छन् ।

निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा भाग लिनबाटै वञ्चित हुने अवस्था आउन सक्ने भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताले आजै रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरेका थिए ।

भोलि सोनाम ल्होसार परेका कारण सार्वजनिक बिदा भएको र पर्सि माघ ६ गते उम्मेदवारी मनोनयनको दिन भएकाले यसलाई सामान्यरुपमा नलिन उनीहरूको आग्रह थियो । तर, सर्वोच्चका मुख्य रजिष्टार विमल पौडेलले मिलापत्र र मुद्दा फिर्ताबाहेक अरु रिटमाथिको कारबाही आजको आजै हुन सम्भव नरहेको बताए ।

उनले भने : म तपाईँहरूको संवेदनशीलता बुझ्छु । यो बुझेरै मेरो दायरभन्दा बाहिर गएर न्यायाधीशज्यूहरूसँग पनि कांग्रेसको यस्तो मुद्दा आउँदैछ भनेर छलफल गरेको थिएँ । उहाँहरूले पहिले रिट पेश होस् भन्नुभयो । उहाँहरूको हातमा पनि छैन, किनकी हाम्रो नियमावलीले बाँधिएको छ ।

खड्का र निधीले यो मुद्दालाई राजनीतिक रूपमा नहेर्न आग्रह गर्दै विशुद्ध संविधान, राजनीतिक दलसम्बन्धी कानून र पार्टीको विधानविरुद्ध निर्वाचन आयोगले नांगो ढंगले गरेको निर्णय भएकाले गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका थिए । उनीहरूले आज सुनुवाइ नहुँदा अपूरणीय क्षति हुने बताएका छन् ।

सोमबार सार्वजनिक बिदा र मंगलबार मनोनयन दर्ता छ । मंगलबार रिट पेशीमा चढे पनि सिंगल बेन्चमा पर्ने र त्यसले अन्तरिम आदेश नदिन नसक्ने भएकाले ठूलो समस्या हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...