विशेष महाधिवेशन अवैधानिक भएको देउवा पक्षको ठहर



हाम्रो इकोनोमि

 

 

१४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको दाबीउपर निर्वाचन आयोग अध्ययनमा जुटेको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले अध्ययन थालेको हो ।

‘शाखाले अध्ययन गरेर आयोगमा पेश गर्ने कुरा भएको छ । आयोगको रेगुलर बैठकमै पेस हुनेछ । शाखाले अध्ययन गर्छ  र देखेको कुरा आयोगमा पेस गर्छ’ उनले भने । सूचना अधिकारी घिमिरेले भनेको शाखा निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा हो ।

पुस २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।

निवेदनमा विशेष महाधिवेशनले गरेको निर्णय अनुसार कार्यसमिति अद्यावधिक गर्न भनिएको छ । साथै आगामी निर्वाचनमा पार्टीका उम्मेदवारको मनोनयनपत्रमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको हस्ताक्षर रहने भनिएको छ ।

 शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन नै आयोजना नभएको भनेर निवेदन दिएको छ । जानकारी सम्बन्धमा’ भनेर दिइएको देउवा पक्षको निवेदनमा लेखिएको छ, नेपाली कांग्रेसको नाममा काठमाडौमा विशेष महाधिवेशन भएको भनी विभिन्न संचार माध्यममा आएकोले त्यस्तो कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक कार्यक्रम नभएको नगरेको व्यहोरा समेत अवगत गराइन्छ ।

गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गत पुस २६ गतेदेखि माघ १ गतेसम्म विशेष महाधिवेशन चलेको थियो । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति नै चयन गरेर अगाडि बढेको छ । तर, देउवा पक्षले उक्त महाधिवेशनलाई अवैधानिक भनेर आयोगमा पत्र बुझाएको छ ।

आधिकारिकता विवाद अध्ययन भइरहेका बेला आज देउवा पक्षका नेता–कार्यकर्ताहरु  आयोगको कार्यालय कान्तिपथ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...