एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने गरी नेकपा एमाले र माओवादी केन्द्रबीच ७ बुँदे सहमति
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति ११ बजेसम्म चलेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सात बूँदे सहमति गरेको हो