मृत्यु शैयाबाट उपेन्द्र देवकोटाले भने-सधैँ जित्नुपर्छ जस्तो कहिले लागेन,अब हार्दैछु
सामाजिक चेतना र जागृती हामीहरुमा गाउँबाटै जागी सकेको थियो, १०–११ वर्षको उमेरबाटै । त्यति बेला ६/७ मा पढ्यौँ हामीले । त्यति बेला नै युनाइटेड मिशन टु नेपालका केही क्रियाकलापहरु अवाञ्छित लाग्न थालेका थिए । युएमएनलाई गोरखा ल्याउन राजेश्वर देवकोटाको ठूलो