आज आठौँ विश्व बाघ दिवस, नेपालमा २ सय ३२ बाघ रहेको सरकारी तथ्याङ्क



हाम्रो इकोनोमि

 

बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउन अाइतबार (आज) आठौँ विश्व बाघ दिवस मनाईँदै छ । यो वर्ष नेपालले ‘सम्वृद्धिका लागि बाघ’ नाराका साथ विश्व बाघ दिवस मनाइरहेकाे छ ।   सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले बाघ दिवस मनाउने घोषणा गरेको थियो ।

 

पिटर्सबर्ग मञ्च विश्वको पहिलो बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री (अहिलेकाे राष्ट्रपति) भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रमको थालनी गरिएको हो । त्यस यता हरेक वर्ष जुलाई २९ का दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो ।

 

बाघको संरक्षका लागि उनीहरुको बासस्थलको संरक्षण, संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, संरक्षणका मुद्दाहरुको उठान तथा बाघ संरक्षणमा भएका प्रयासहरुको सराहना र प्रोत्साहन गरी यो दिवस मनाउने गरिन्छ ।
२० औँ शताब्दीको पूर्वाद्धमा बाघको जनसंख्या एक लाख रहेकोमा यो संख्यामा ९०५ प्रतिशत ह्रास आई अहिले ३ हजार २०० मा झरेको तथ्यांक छ । बाघको संख्या घट्नुको मूल कारणका रुपमा,, जंगल फँडानी, जलवायु परिवर्तन, गैरकानुनी शिकारलाई लिईएको छ ।

 

यो प्रवृत्ति रोक्न भन्दै १३ मुलुक मिलेर सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने महत्वकांक्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरुको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको आठ वर्ष पुुगेको छ ।

 

नेपालमा २ सय ३२ भन्दा केही बढी भन्दा केही बढी बाघ रहेको सरकारी तथ्याङ्क   छ । तर, पछिल्लो समय बाघको गणना गरेर तथ्याङ्क तयार भएपनि चितवनमा संख्या घटेका कारण सरकार बाघको संख्या सार्वजनिक गर्न डराएको छ । वन मन्त्रालय राष्ट्रिय निकुञ्जकाे प्रतिवेदन लुकाइरहेकाे बताइँदै छ ।

 

यद्यपि, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चितवनमा बाघको संख्या घटेको भन्ने कुरा हावादारी भएको र यो निकै प्राविधिक विषय भएकाले सरकार संख्या सार्वजनिक ढिलाई भएको विषयलाई अन्यथा भन्न नमिल्ले हाम्राकुरालाइ बताए । उनले ठाउँ–ठाउँमा जोडिएको प्रविधिले खिचेका तस्वीरहरुको विश्लेषण गर्न समय लाग्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...