कामु प्रधानन्यायाधीश टेष्ट फेल, बिजय मेमोरियल स्कुलको टेष्ट पास गरेको प्रमाणपत्र खोई जोशीज्यू ?



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीशमा संवैधानिक परिषदले सिफारिस गरेका दीपकराज जोशीका विरुद्ध गम्भीर प्रकृतिका उजुरीहरुका बारेमा संसदीय सुनुवाई विशेष समितिले चासोका साथ हेरिरहेको बेला उनको एसएलसीकै नक्कली प्रमाणपत्र सार्वजनिक भएको छ । उनले बिजय मेमोरियल स्कुलमा पैसा तिरेको रसिद सार्वजनिक गरेका छन् ।

 

उनले पेश गरेको प्रमाणपत्रमा २०२९ मा एउटै सिम्बोल नम्बर ३६६७ बाट दुई वटा स्कुल बिजय मेमोरियल र राष्ट्रिय विद्यापीठ बीरगंजबाट एसएलसी पास गरेको देखिन्छ । यो कसरी भयो ? उनले बिजय मेमोरियलबाट टेष्ट पास गरेको भनेर रसिद सार्वजनिक गरेका छन् । तर बिजय मेमोरियलबाट टेष्ट पास गरेको प्रमाणपत्र(मार्कसिट) सहित सार्वजनिक गर्न किन सकेका छैनन् ।

 

रसिद त २०२९ को होइन, अहिले प्रविधिका कारण २०२० को पनि छाप्न सकिन्छ । तर टेष्ट पास गरेको मार्कसिट उनले देखाउन किन सकेका छैनन् ? यो प्रश्नको जवाफ खोज्नुपर्ने भएको छ ।
भावी प्रधानन्यायाधीश जोशीको एसएलसीको प्रमाणपत्र नै नक्कली भएको बिषय सार्वजनिक भएपछि पनि सुनुवाई समितिले अनुमोदन गर्ने तयारी गरेको छ ।

 

आइतबार बिहान ८ बजेट सुुनुवाईका लागि समय तोकिएको छ ।
सुनुवाई समितिमा नेकपाका ९ जना, कांग्रेसबाट ४ जना, राजपाबाट एक र फोरमबाट १ जना सांसद रहेका छन् । नेकपालाई दुई तिहाई बहुमतका लागि १ जना पुग्दैन ।

संसदीय सुनुवाइ समितिको बैठक स्थगित, प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन हुन सकेन

 

संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ । बैठक भोलि दिउँसो २ बजे बस्ने गरी स्थगित भएको समितिका सदस्य पार्वत गुरूङले जानकारी दिए । सांसदहरूले सोधेका प्रश्नहरूको विस्वस्त जवाफ नदिएको र शैक्षिक प्रमाणपत्र विवाद बाहिर आएपछि रोकिएको प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिमा अाज निर्णयार्थ पेशहुने कार्यसूची रहेकाे थियो । गुरूङका अनुसार अाज ११ बजे संसद बैठक समेत भएका कारण पर्याप्त छलफल गरेर निर्णय लिन भोलिका लागि बैठक सारिएको हो ।

 

बिहीबार भएको सुनुवाइमा जोशीले सांसदहरूले सोधेका प्रश्नहरूको विस्वस्त जवाफ दिएका थिएनन् । सत्तारूढ दलभित्र मतक्यै नभए जोशीको सिफारिस अस्वीकृत हुने सम्भावना उत्तिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...