मोटरसाइकल बचाउँदा बस पल्टियो, १० घाइते
जिल्लाको गौरिगंगा नगरपालिका ७ वनबेहडामा बस दुर्घटना भएको छ। दुर्घटनामा परी १० जना घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। बिहान १० बजे बस दुर्घटना भएको प्रहरीको भनाइ छ।