प्रस्तावित प्रधानन्यायाधीश दीपक राज जोशीले राजिनामा नदिने भन्दै यसरी दिए सरकारलाई जबाफ



हाम्रो इकोनोमि

 

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले आफनो पदबाट राजिनामा नदिने भएका छन ।

 

सत्तारुढ दलका नेताहरुले प्रतावित प्रधानन्यायाधीश जोशीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्ने संकेत गरे पनि उनको राजीनामा नआउने प्रधानन्यायाधीशको सचिवालयले जनाएको छ ।

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका जोशी संसदीय सनुवाई समितिबाट अनुमोदन हुन बाँकी छ। जोशीका शैक्षिक प्रमाणपत्रका विषयमा विवाद देखिएपछि उनको अनुमोदन अहिलेसम्म रोकिएको छ।

विवाद देखिएपछि नेकपाले जोशीलाई राजीनामा गरेर ससम्मान घर फर्किन सन्देश पठाएको थियो। तर जोशीले आफू आफ्ना प्रमाणपत्रका विषयमा ढुक्क रहेकोले राजीनामा नगर्ने बताएका छन्।

उनले हालसम्मको प्रचलन, नेपालको संविधानले निर्दिष्ट गरेको बाटोका आधारमा आफू प्रधानन्यायाधीशमा अनुमोदन हुने निकटस्थहरूलाई बताउँदै आएका छन्। ‘जोशी श्रीमानको राजीनामा आउने कुनैपनि सम्भावना छैन,’ प्रधानन्यायाधीशको सचिवालय स्रोतले भन्यो, ‘उहाँले राजीनामा गर्नुपर्ने कुनै कारण नै छैन।’ विहिबारको संसदीय सुनुवाईपछि जोशी कार्यालय समेत गएका छैनन्।

उनी आइतबार र शुक्रबार पूर्व निर्धा्रित न्यायिक प्रतिष्ठानको कार्यक्रममा गएको सचिवालयले जनाएको छ। बाहिर हल्ला हुँदैमा राजीनामा नआउने समेत स्रोतले बतायो। ‘सोमबार दिउँसोसम्ममा कार्यालय आउनुहुन्छ,’ स्रोतले भन्यो, ‘अहिले भेटघाटमा व्यस्त हुनुहुन्छ, यो चाहिँ साँचो हो।’ संसदीय सनुवाईमा आफ्नो अनुमोदन अड्किएपछि जोशी शक्तिकेन्द्रहरूसँग भेटघाटमा व्यस्त छन्।

जोशीले आफू निकटस्थलाई संसदीय सुनुवाईको निर्णय पछि आवश्यक कदम चाल्ने तर अहिले राजीनामा नगर्ने बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...