मोटरसाइकल बचाउँदा बस पल्टियो, १० घाइते



हाम्रो इकोनोमि

 

जिल्लाको गौरिगंगा नगरपालिका ७ वनबेहडामा बस दुर्घटना भएको छ।

दुर्घटनामा परी १० जना घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ।

बिहान १० बजे बस दुर्घटना भएको प्रहरीको भनाइ छ। कैलालीको टीकापुरबाट धनगढी आउँदै गरेको से१ख १६६१ नम्बर बस मोटरसाइकललाई बचाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

एउटै दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल बचाउँदा अनियन्त्रित भएर बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी निरीक्षक टेक जोराले बताए।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...