मुख्य खबर

पहिरोका कारण पर्ख र हेरको अवस्थामा नारायणगढ–मुग्लिन सडक यो वर्ष पहिरोरोक्न नसकिने

नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोलादेखि टोपेखोलासम्म निरन्तर खसिरहेको पहिरो यस वर्ष रोक्न सम्भव नरहेको विज्ञहरुले बताएका छन् । वर्षात् भएसँगै मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ पर्ने टोपेखोला र तीन किलोमिटर ३०० मिटर दूरीमा पर्ने टोपेखोलाबीचको ७०० मिटर क्षेत्रमा पहिरो खस्ने गरेको छ ।