महेन्द्रनगर : दैनिक उपभोग्य सामान किन्न स्थानीयलाई समस्या, विद्यालय भने अझै खुल्न सकेनन्



हाम्रो इकोनोमि

 

 

१३ वर्षिय निर्मला हत्याकाण्डपछि उत्पन्न परिस्थिति नियन्त्रमा लिनका लागि भन्दै स्थानीय प्रशासनले शुक्रबार साँझ ८ बजेदेखि लगाएको कर्फ्यू आंशिक रुपमा हटाईएको छ । महेन्द्रनगर बजार क्षेत्र आसपासमा सोमबार दिउँसो १२ बजेपछि लाग्ने भनिएको कर्फ्यूु साँझ ६ बजेसम्मका लागि हटाईएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सुरक्षा समितिको बैठकले स्थिति समान्य हुन थालेपछि सोमबार साँझ ६ बजेसम्मका लागि हटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सुचना अधिकारी उदयराज जोशीले केही शान्ति सुरक्षाको स्थितिमा केही सुधार आएकोले अर्को आदेश नहुन्जेलसम्मका लागि साँझ ६ बजेसम्मका लागि कर्फ्यू हटाईएको बताए । आन्दोलनसंगै उत्पन्न परिस्थिका कारण कञ्चनपुरको जनजीवन समेत प्रभावित भएको छ ।

महेन्द्रनगर बजार क्षेत्र लगायत  आसपासका क्षेत्रमा केही समयका लागि कर्फ्यू हटाइएपछि  दैनिक उपभोग्यका सामान किन्न स्थानीयहरुको भीड लागेको छ ।

स्थानीय प्रशासनले शुक्रबार साँझ ८ बजेदेखि लगाएको कर्फ्यूुका कारण महेन्द्रनगर आसपासका क्षेत्रमा दैनिक उपभोग्यका सामान किन्न स्थानीयलाई समस्या परेको थियो ।

यसैबिच करिब एक हप्ता लामो समयदेखि बन्द रहेका कञ्चनपुरका विद्यालय भने अझैसम्म अझैसम्म खुल्न सकेका छैनन् ।कर्फ्यूका कारण शिक्षण संस्था बन्द हुदाँ त्रिवि तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका सेमेस्टर प्रणालीका कक्षाहरु निकै प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...