नेपाल-चीन सीमा बैठकमा ६ बुँदे सहमति



हाम्रो इकोनोमि

 

छ वर्षपछि आयोजित नेपाल-चीनबीच द्विपपक्षीय सीमा बैठक ६ बुँदे सहमति गर्दै सकिएको छ ।

भदौ ९ र १० गते तिब्बतमा भएको बैठकमा दुई देशबीचको सीमा सुरक्षा निकायबीच पारस्परिक सूचना आदान प्रदान गर्ने, सीमा क्षेत्रमा हुने अपराधसम्बन्धी सूचना आदान प्रदान गर्ने, संगठित अपराध नियन्त्रण, बहुराष्ट्रिय अपराध, लागुऔषध, मानव बेचविखन जस्ता आपराधिक गतिविधिहरु नियन्त्रण गर्ने जस्ता सहमति भएका छन् ।

नेपाल-चीनबीच सीमा समन्वय बैठक नियमित गर्ने, दार्चुलाबाट ताक्लाकोटसम्म पास लिएका नेपाली नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट आवतजावत गर्न दिनेबारेमा पनि चिनियाँ पक्षसँग सहमति भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

बैठकमा दार्चुलाबासीलाई मानसरोवर तथा कैलाश पर्वतसम्मको तीर्थयात्राको सहज अनुमति दिन चिनियाँ पक्षसंग अनुरोध गरिएको पनि उनले जानकारी दिए ।

द्विपक्षीय बैठक आइतबार साँझ सकिए पनि नेपाली टोली सोमबार स्वदेश फर्किदैछ । चिनियाँ पक्षले नेपाली टोलीको विदाइमा सोमबार औपचारिक कार्यक्रम नै राखेको छ ।

द्विपक्षीय बैठकमा नेपालको तर्फबाट दार्चुला र हुल्ला जिल्लाका प्रशासन र प्रहरीहरु सहभागी छन् । दुई दिने नेपाल-चीन बैठकमा दार्चुलाबाट सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज अधिकारी, सशस्त्र प्रहरी बलका डिएसपी भीमबहादुर चन्द, तिंकर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक धनबहादुर कठायत सहभागी भएका छन् ।

त्यस्तै हुम्लाबाट प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगाना, डीएसपी रविन श्रेष्ठ र प्रहरी नायब निरीक्षक विनोद बोहरा बैठकमा सहभागी रहेका थिए । भदौ ९ गतेका लागि तय गरिएको नेपाल-चीन सीमा समन्वय बैठकमा सहभागी हुन नेपाली टोली साउन ७ गते नै चीनको तिब्बत प्रस्थान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...