लेनिन विष्टलाई एयरपोर्टमा रोकेकोबारे प्रधानमन्त्रीले गृहसँग मागे २४ घण्टे स्पष्टिकरण



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी बालसेना लेनिन विष्टलाई एयरपोर्टमा रोकेकोबारे गृह मन्त्रालयसँग स्पष्टिकरण माग गरेका छन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले २४ घण्टाभित्र घटनाबारे लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका हुन्।

 

सोमबार बिहान सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले हिँडडुल गर्न पाउने वैयक्तिक स्वतन्त्रता हनन् भएकोप्रति आफूले ध्यान पुर्‍याउने बताए।

 

‘मैले किन फर्काइयो भनेर सोधेको छु,’ ओलीले सम्पादकहरूसँग भने।

शुक्रबार थाइल्याण्डको बैंककस्थित कार्यक्रममा सहभागी हुन हिँडेका विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले रोकेको थियो।

शुक्रबार ९:५० को आरए ४०१ फ्लाइटमा बैंकक जान लागेका विष्टलाई ‘जुन कार्यक्रममा जान लागेको हो, त्यस विषयसँग सम्बद्ध नेपाल सरकारको कुनै पनि निकायको सिफारिस तथा स्वीकृति’ नभएको भन्दै रोकेको थियो।

विष्टले गृहमन्त्रीका प्रवक्ता सूर्य सुवेदीको निर्देशनमा आफूलाई एयरपोर्टमा रोकिएको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...