मुख्य खबर

गंगामायाको छोरा नुरप्रसादले भने प्रचण्ड र बाबुरामलाई जेल हाल्नुपर्छ

  सरकारी साक्षी नै अदालतमा उपस्थित नभएपछि गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डको न्याय निरुपण कमजोर बनेको छ । आमा गंगामायाको अनसन तोडाउने क्रममा सरकारले हत्या आरोपी छविलाल पौडेललाई पक्राउ गरी अदालतमा बुझाएको थियो । पौडेल सोमबार जेलमुक्त भएका छन् ।